Home > Blog (page 27)

Blog

इटहरीमा एक युवक मृत अवस्थामा फेला

इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा …

Read More »

बसुन्धारामा महिलाको शव फेला

काठमाडौं । टोखा–७, वसुन्धरामा गएराति एक महिलाको हत्या भएको छ । ढुंगाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान महिलाको शव भेटिएको हो । उनको अनुहार नचिनिने अवस्थामा छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ …

Read More »

पूर्व मिस नेपाल निकिता चण्डक फिल्मी क्षेत्रमा प्रवेश गर्दै

काठमाडौँ। मिस नेपाल २०१७ निकिता चन्दक अब नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्ने भएकी छन् । उनले चलचित्र ‘रानी महल’ बाट चलचित्र क्षेत्रमा पाइला टेक्न लागेकी हुन् । यस चलचित्रका लागि नायिका वर्षा शिवाकोटी फाइनल भएकी थिइन् । तर नायिका शिवाकोटीले बिचमै चलचित्रलाई रिजेक्ट गरेपछि मिस नेपाल चन्दकले आइतबार यस चलचित्रमा …

Read More »

शाक्य हत्याकाण्डमा १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

विराटनगर । ३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् । सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ …

Read More »

युवती हत्याको अभियोगमा एक युवक पक्राउ

सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो …

Read More »

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

मोरङ-राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको …

Read More »

रामेछाप जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

चरीकोट-नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको …

Read More »

हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट राजेश र संगम पुरष्कृत

काठमाण्डौ –यस वर्षको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बाग्लुङका पत्रकार द्वय राजेशचन्द् राजभण्डारी र सगम घर्ती पुरष्कृत भएका छन् । उत्कृष्ट स्तम्भकारतर्फ राजेशचन्द्र राजभण्डारी तथा उत्कृष्ट समाचार लेखनतर्फ संगम घर्ती पुरष्कृत भएका हुन् ।पत्रकारद्वयलाई एक कार्यक्रमको अवसरमा पुरष्कृत गरिएको हो । सो पुरस्कारको राशी रु १५ हजार रुपियाँ रहेको थियो …

Read More »

लण्डनको ट्राफल्गर स्क्वायरमा भव्य रुपमा बुद्धजयन्ती मनाउने तयारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन …

Read More »

विदेश लैजाँदै गरेका गोरु नियन्त्रणमा

बाँके-बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । शनिबार नियन्त्रणमा लिइएको …

Read More »

३३ किलो सुन काण्डका आरोपीले गरे आत्महत्या

काठमाण्डौ- ३३ किलो सुन लुटपाट प्रकरणमा छानविनका लागि पक्राउ परेका नेपाल एयरलाईन्सका कर्मचारी प्रेमलाल चौधरीले प्रहरी हिरासत भित्रै आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत भित्र रहेको शौचालयमा शुक्रबार विहान पासो लगाएर आत्महत्या गरेका हुन्।चौधरी लामो समयदेखि एयरलाईन्समा लोडरको काम गर्दै आएका थिए। सुन लुटपाट घटनाको छानविन गर्न गठित …

Read More »

वर्षदिन नपुग्दै स्थानीय तहमा अर्बौं अनियमितता

काठमाण्डौ-रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन् । यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम निकासा दिएको नागरिक दैनिकमा समाचार छ । त्यस्तै जिल्ला समन्वय समितिहरू काठमाडौं, संखुवासभा, काभ्रेपलाञ्चोक, डोल्पाले पनि …

Read More »

विद्यालयलाई एक करोड ३३ लाख सहयोग

म्याग्दी-रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका पूर्व विद्यार्थीले संकलन गरेको रु एक करोड ३३ लाख शनिबार …

Read More »

भवन करोडको शिक्षकको अभाव

बाग्लुङ-शारिरीक अपांगता भएका बालबालिकालाई राखेर पढाउन विद्यालय भवन बनेको ३ महिना बितिसक्दा पनि जिल्लाको विद्यालयमा शिक्षक दरबन्दी दिइएको छैन । रामरेखा आधारभूत विद्यालयमा प्लान नेपालले ¥याम र छात्रावास सहितको भवन बनाईदिएपनि श्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालकी प्रअ गीता शर्माले बताईन् । विद्यालयमा श्रोत शिक्षक नभए अपांग बालबालिका …

Read More »

सवारी दुर्घटनामा उपमेयर घाइते

पर्वत- कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँैँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ । काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा …

Read More »

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

विराटनगर-मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको …

Read More »