Breaking News
Home > Blog (page 20)

Blog

रुखले किचेर एक किशोरीको मृत्यु

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ। थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो। दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै …

Read More »

माथिल्लो त्रिशूली थ्री एको आइतबारदेखि परीक्षण प्रसारण

काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ। कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको …

Read More »

उत्तर कोरिया फेरि सक्रिय, विश्वलाई तनाव

उत्तर कोरियाले छोटो दुरीका मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार ती परिक्षण उत्तर कोरियाको पूर्वी भागमा रहेको होदो प्रायद्विपबाट गरिएका थिए । यदी पुष्टि भएमा यो सन् २०१७ नोभेम्बरमा प्योंगयांगले गरेको ‘अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल’को परिक्षण गरे यताको पहिलो मिसाइल परिक्षण हुनेछ …

Read More »

आफ्ना मतदातालाई राहुल गान्धीको खुल्ला पत्र !

अमेठी, उत्तर प्रदेश । भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीले आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेखेका छन्। अमेठीका वर्तमान् सांसद समेत रहेका गान्धीले अमेठीलाई आफ्नो परिवार र कर्मभूमिको संज्ञा दिएका छन्। जनपक्षीय सरकार बनाउनका लागि पनि आफुलाई फेरी मतदान गरेर बाटो खोलिदिन समेत उनले आह्वान गरे। …

Read More »

तनहुँमा मोबाइल अस्पताल सञ्चालन हुने

दमौली । तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो। सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ।मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने …

Read More »

ठमेलबाट २० जना बालबालिकाको उद्धार

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो। वृत्तका …

Read More »

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

वासिङ्टन। दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ। जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो। सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन …

Read More »

६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना बनाउँछौं : मुख्यमन्त्री शाही

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको जनाए। उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो। हामीले प्रशासनिक संरचना तयार गर्यौं। समग्र विकासलाई अघि बढाउनको लागि …

Read More »

बेलायतको अल्डरसटबाट काउन्सिलरमा प्रबेश केसीको विजय

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । बेलायतमा विहीवार सम्पन्न भएको स्थानिय निर्वाचनमा म्याग्दी घर भइ हाल बेलायतमा बसोवास गर्दै आएका प्रबेश केसी वेलिङटन वार्डबाट कन्जरभेटिभका तर्फबाट काउन्सिलरमा विजयी भएका छन् । युवा व्यवसायी तथा समाजसेवी केसीले उनका प्रतिष्पर्धी लेबर पार्टीको प्रतिनिधित्व गर्दै उठेका इभेट डिनलाई पराजित गर्दै निर्वाचनमा ३२८ मत …

Read More »

नेपाल वायुसेवा निगमलाई ऋण तिर्न समस्या

काठमाडौं : नेपाल वायुसेवा निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्ण क्षमतामा जहाज उडाएर लाभ लिन नसक्दा जहाज किन्दाको ऋण तिर्न समस्या परेको छ। निगमको वाइडबडी उडानले अपेच्छाकृत रूपमा उडान विस्तार गर्न नक्दा यसले लाभ लिन नसक्दा यसका न्यारोबडी र वाइडबडी नामक दुबै प्रकारका जहाजको किस्ता रोकिएको छ। निगमका …

Read More »

गुठी संस्थान खारेज हुँदै

काठमाडौं : स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिहीबार गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएकी …

Read More »

हात्तीको दारासहित दुई जना पक्राउ

भादगाउँ । मध्यपुर थिमि–३ कौशलटारबाट प्रहरीले हात्तीको दारासहित दुई जनालाई पक्राउ गरेको छ। अन्दाजी २५० ग्रामको एक थान हात्तीको दारासहित बिक्री गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा हाल काठमाडौँ स्वयम्भूस्थित सानो भर्याङ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–४ का ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका–५ का २३ वर्षीय भाष्कर पौडललेलाई आज साँझ …

Read More »

अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा बिहीबारदेखि पोखरामा विपद्मा स्वास्थ्य इञ्जिनीयरिङ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। सम्मेलनमा विपद् व्यवस्थापन, वातावरण, जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, सूचना प्रविधिको प्रयोग, स्वास्थ्य जोखिम र मनोविज्ञानजस्ता विभिन्न मुद्दामा केन्द्रित रहेर ४५ वटा कार्यपत्रमाथि छलफल गरिने …

Read More »

‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी सम्पन्न

काठमाडौँ । सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकलासम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा भएको पाँचदिने ‘इण्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी आज सम्पन्न भएको छ। ‘सेड द लाइट पिस मेकर’को आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र नेपाल कला परिषद्को सहयोगमा यही वैशाख १५ देखि भएको ‘इण्डो–नेपाल कलाउत्सव’अन्तर्गत …

Read More »

जो खुट्टाले भिडियो बनाउँछन्

रामपुर – नेपाली साहित्यमा राम्रो छवि बनाउनुभएका साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका यमबहादुर खाम्चा अहिले पनि न त राम्रोसँग बोल्न, हातको सहायतामा काम गर्न न त हिँड्न नै सक्नुहुन्छ । राम्चामा भएको लगनशीलता, …

Read More »

कांग्रेसको समानान्तर कार्यालयमा संस्थापन पक्षद्वारा तोडफोड

दमौली : नेपाली कांग्रेस तनहुँका दुई गुटबीचको विवाद कार्यालय तोडफोडसम्म पुगेको छ। संस्थापन समूहनिकट भ्रातृ संगठनका कार्यकर्ताले बुधबार समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरिदिएका हुन्। ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको र्‍यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरूले कार्यालय तोडफोड गरेका हुन्। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले …

Read More »