Home > Blog (page 2)

Blog

आगलागी हुँदा पाँच लाख बराबर क्षति

तुलसीपुर। शुक्रबार बिहान चट्याङ परेर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन्। दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। …

Read More »

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन : पूर्वप्रम भट्टराई

पोखरा,। नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा शुक‍बार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने …

Read More »

प्रथम बलेवा महोत्सव फागुन २ गतेदेखि शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग …

Read More »

राजमार्गलाई क्लिन ग्रिन बनाइने

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पूर्वपश्चिम राजमार्गलाई क्लिन ग्रिन राजमार्ग गराउने बताउनुभएको छ । प्रदेश सरकार स्थापना दिवसमा राजमार्ग लमहीमा सरसफाइको अवसरमा बरालले बाँकेको चिसापानीदेखि नवलपरासीसम्मको राजमार्गलाई क्लिन ग्र्रिन राजमार्ग बनाउने अभियान थालेको बताउनभुयो । स्थापना दिवसको अवसरमा राजमार्गमा मुख्य शहर सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । …

Read More »

पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको …

Read More »

सोह्र थान कौडासहित २२ जुवाडे पक्राउ

भरतपुर: जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २२ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा …

Read More »

ठगी गर्ने जेल चलान

काठमाडौँ : अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाया सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसलाअनुसार उक्त सजाया सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ …

Read More »

बाल क्बलले शुरु गर्यो बाख्रापालन

भद्रपुर । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ। एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो। हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा …

Read More »

प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड

गलेश्वर : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता …

Read More »

उदयराज पाण्डे मलेसियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं–मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

Read More »

अनुमतिबिनै सिसी क्यामरा

बाँके – बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ । सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ …

Read More »

जन्ती बोकेको बस दुर्घटना, ७ जना घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौंबाट जन्ती बोकेर नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको बा २ ख २३८६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उक्त दुर्घटनामा परी ७ जना घाईते भएका छन्। घाईते हुनेहरुमा …

Read More »

बलेवामा प्याराग्लाईडिङको सफल परीक्षण

बागलुङ – जिल्लाको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । मंगलबार पोखराको लेक भ्याली प्याराग्लाईडिङ कम्पनीले सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैञ्युँपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी बगलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थलनमा सफल अवतरण गरेको पाईलट टेक बहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवको अवसरमा मुख्य आकर्षणको …

Read More »

रेडियो नेपालले मनायो विश्व रेडियो दिवस

काठमाण्डौ । विश्व रेडियो दिवशका अवसरमा रेडियो नेपालले आज बिहान माइतीघर मण्डलादेखि नयाँबानेश्वर हुँदै सिंहदरबारसम्म प्रभातफेरी गर्‍यो । यस बर्ष यो दिवसको नारा सम्वाद , सहिष्णुता र शान्ति भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक ,वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को को अग्रसरतामा सन् २०१२ देखि विश्व रेडियो दिवस विश्वभर मनाउन …

Read More »

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर । गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएका छन्। दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइरहेका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए। झापाको मेचीनगर …

Read More »

ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

विराटनगर : मोरङको ऊर्लाबारी नगरपालिका–८ को भित्री सडकमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । मे १ त ३८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा सह-चालक झापा शिवसताक्षी नगरपालिकाका १४ वर्षीय रसिकलाल हस्दाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए …

Read More »