Home > Blog > Overseas (page 2)

Overseas

उत्तर कोरियाले ध्वस्त पार्‍यो परमाणु भट्टीको सुरुङ

काठमाडौँ: उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर ध्वस्त गरेको छ। उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर ध्वस्ता पारेको हो । स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको …

Read More »

पाकिस्तानमा लु बाट ६५ जनाको ज्यान गयो

काठमाण्डौ – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावा (लु)का कारण गएको तीन दिनयता ६५ व्यक्तिको मृत्यु भएको छ ।यो शहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि उनीहरूको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत तीन दिनयता कराँचीको कोरांगी र सोहराब गोथ क्षेत्रबाट …

Read More »

किमसँगको वार्तामा आशङ्का

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच तय भएको शिखर बैठकबारे अन्योलता देखापरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित मितिमा वार्ता हुनेमा शंका व्यक्त गरेका छन् । यसअघि ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता गर्ने तय भएको थियो । तर एकपक्षीय रुपमा निःशस्त्रीकरण गर्न शर्त …

Read More »

जासुसी गरेको भन्दै भारतीय कूटनीतिज्ञलाई पाकिस्तानले दियो जेल सजाय

नयाँ दिल्ली। एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ। भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उहाँमाथि लगाइएको थियो। गुप्ता ६१ वर्षको छन्। उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई …

Read More »

विपद् व्यवस्थापनका लागि ६८ करोड जापानको अनुदान

काठमाडौं। जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ। अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। शुक्रबार अर्थ …

Read More »

लिबिया मोडल’को विषयमा भाँडियो ट्रम्प-किम वार्ता

बीबीसी । अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा १२ जुनमा हुने भनिएको भेटवार्ता कहिले हुने र कहिले नहुने भन्ने दोधारमा उल्झिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने तय भइसकेपछि उत्तर कोरियाका नेता किम जोङ उनले भनेका छन्, अमेरिकाले जुन तरिकाले चाल चलिरहेको छ, यस्तो अवस्थामा वार्ता हुन सक्दैन्। बुधबार उत्तर …

Read More »

पन्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पन्जाबमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ । मुम्बईले दिएको १८७ रनको लक्ष्य पछ्याएको पञ्जाव निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन मात्रै बनाउन सक्यो । पन्जाबका लागि केएल राहुलले ६० बलमा १० चौका र ३ छक्काको …

Read More »

फ्लाइओभर खस्दा १८ जनाको मृत्यु

काठमाडौं ।भारतको आन्द्र प्रदेशको वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए । उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन …

Read More »

एउटै मण्डपबाट बेहुलाले गरे दुई बेहुलीसँग एकसाथ विवाह

बीबीसी । भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए। दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन्। हाम्रो कार कोटग्याल गाउँ पुग्दा …

Read More »

केन्यामा बाँध फुट्दा ३२ जनाको मृत्यु

नाकारु, केन्या- केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्कीएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको …

Read More »

बेलायतको स्थानीय चुनावमा नेपाली काउन्सिलर

काठमाडौं । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा सैनिक हुन् । हयानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी …

Read More »

अमेरिकामा एक नेपालीको मृत्यु

रुकुम- आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले …

Read More »

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

बेइजिङ – चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए। उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई …

Read More »

जापनामा साकुरा नाईटको आयोजना

जापान- जापानको विशेष चाड मानिने गोल्डेन विकको अवसरमा जापानमा “साकुरा नाईट ३” को आयोजना हुने भएको छ। सूर्य कर्पोरेसनले आयोजना गर्न लागेको ”साकुरा नाईट ३” नामक बृहत् सांस्कृतिक कार्यक्रम यो वर्ष पनि जापानका बिभिन्न शहरहरूमा आयोजना हुने भएको हो। मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक …

Read More »

प्रवासी नेपालीले गरे मोटरबाटो निर्माण

बेनी, म्याग्दी- म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी …

Read More »

लण्डनको ट्राफल्गर स्क्वायरमा भव्य रुपमा बुद्धजयन्ती मनाउने तयारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन …

Read More »