Home > Blog > Overseas

Overseas

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

मस्को – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने …

Read More »

अमेरिकामा भारतीय इन्जिनियरको गोली हानी हत्या

एजेन्सी । अमेरिकामा फेरि एक भारतीय युवकको गोली हानी हत्या गरिएको छ। भारतको हैदराबादका २६ वर्षीय इन्जिनियर शरथ कोप्पुको अमेरिकाको कंसासको एक रेस्टुरेन्टमा अज्ञात समुहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्य गरिरहेको छ। गत वर्ष पनि भारतका अर्को इन्जिनियर श्रीनिवास कुचिभोतलाको …

Read More »

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं। मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो। ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ …

Read More »

बाह्रजना बालबालिका बाढीमा फसे

माइ साई, थाईल्यान्ड – उत्तरी थाइल्याडको एक गाउँमा फूटबल खेल्न गएका १२ जना बालबालिका र उनका एक प्रशिक्षक बाढीका कारण फसेका छन् । भारी वर्षापछि आएको बाढीको कारण उनीहरू दुईदेखि एक गुफामा फसेर रहेका सोमबार सरकारी अधिकारहरले जानकारी दिएका छन् । एक गुफामा फसेका ती बालबालिकाको उद्धारको लागि सयौँ उद्धारकर्मी …

Read More »

विश्वकप हेर्न भेला भएका मानिसमाथि हतियारधारी समूहको गोली प्रहार

मेक्सिको । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ। तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते …

Read More »

चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताएको जानकारी गराए। चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार विहान स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीमाझ चीनका …

Read More »

ट्रम्पको कडाइपछि अमेरिकामा १८ नेपालीसहित ८० अवैध आप्रवासी पक्राउ

अमेरिका । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरेर ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्ये-अमेरिकी …

Read More »

अमेरिकालाई आप्रवासी शिविर बन्न दिन्न ;ट्रम्प

बीबीसी । आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आफूले आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन्। ह्वाइट हाउसमा उनले भने, संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन्। सप्ताहन्ततिर सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ। संयुक्त राष्ट्रसंघको मानव …

Read More »

जापानमा भूकम्प, दुइको मृत्यु

टोकियो- जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ । सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्काे एकजनाको पनि ज्यान गएको अनुमान गरिएको छ । तर पुष्टि भएको छैन । भूकम्पमा …

Read More »

अफगानिस्तानमा युद्धविराम : विद्रोही र सुरक्षाकर्मीबीच अंकमाल र सेल्फी

बीबीसी । इद पर्वका लागि दुबै पक्षले युद्धविराम गरेको अफगानिस्तानमा सरकारले तालिवानहरूसँगको एकपक्षीय युद्धविरामलाई निरन्तरता दिएको छ। राष्ट्रपति असरफ गनीले उग्रवादीहरूलाई सरकारको अग्रसरतालाई स्वीकार गर्दै शान्ति वार्तामा आउन भनेका छन्। इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका अभूतपूर्व दृश्यमा विद्रोहीहरूले सुरक्षा फौजका सदस्यहरूसँग अंकमाल गरेका र नागरिकहरूसँग मोबाइलमा सेल्फी लिइरहेका थिए। तर …

Read More »

किम जोङ उन सिङ्गापुर पुगे

सिङ्गापुर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन्। किमले आइतबार नै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी समेत गरेका छन्। यो समाचारको सिङ्गापुरको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ। उक्त मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने …

Read More »

सहमतिमै नियमावली पारित गरिने

काठमाडौँ- ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन । लामो छलफल र रस्साकसीपछि दुवै पक्षको सहमतिमा नियमावलीलाई …

Read More »

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुर- सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो । यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै …

Read More »

ग्वाटेमालामा ज्वालामुखी विस्फोट

बीबीसी । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित …

Read More »

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा …

Read More »

तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३

टुटिकोरिन, भारत- भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन …

Read More »