Home > Blog > Notice (page 76)

Notice

चट्याङ लागेर सात घाइते, बाली नष्ट

अछाम, मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको …

Read More »

अमेरिकामा साकेला पर्व मनाइदैं

न्यु हेम्प्शायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यहरुमा किरात राईहरुको महान् चाड साकेला (उभौली) भब्य रुपमा मनाउने भएको छ । साकेलालाई भव्यता पुर्वक मनाउन बिभिन्न समितिहरु गठन गरिएको र उक्त समितिहरुले आ–आफ्नो तोकिएको काम सम्पन्न गरि रहेको कुरा अर्गनाइजेसनका सभापति बिष्णु राईले बताएका छन् । उनका …

Read More »

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा …

Read More »

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ …

Read More »

भाँडाकुँडा चोरीमा संलग्न दुई जना ठमेलबाट पक्राउ

काठमाडौं । तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीय अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीय सन्तोष पाण्डे छन् । उनीहरुलाई काठमाडौं–२६, ठमेलबाट ७ लाख रुपैयाँ बराबरको चोरीको भाडासहित पक्राउ गरिएको काठमाडौं प्रहरी …

Read More »

हतियार र लागूऔषधसहित ७ जना भारतीय नागरिक पक्राउ

मोरङ । हतियार, लागूऔषध, लगायत संकास्पद पदार्थसहित ७ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारत बिहार अररिया बतनाहा बस्ने ३० वर्षीय प्रमोद भन्ने बिनोद यादवसहित ७ जना भारतीय नागरिकहरुलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, गोली ६ राउण्ड सहित सुरक्षाका लागि खटिएको प्रहरी टोलीले पक्राउ …

Read More »

बबरमहल; एक जानकारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ -यो दरबार चन्द्र शमसेरले इन्जिनियरहरु कुमारनरसिंह राणा र किशोरनरसिंह राणाद्वारा बनाउन लगाए र माहिला छोरा मेजर जनरल बबर शमसेरलाई तोकिदिएका थिए । यो महल भएको ठाउँमा त्यसभन्दा अघिसम्म थापाथलीको नामले चिनिन्थ्यो । बबर शमसेरको नाममा दरबारको नामाकरण भएपछि सो स्थानको नाम नै बबरमहल …

Read More »

सुक्न थाले खानेपानीका मुहान

डडेल्धुरा,- गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ । डडेल्धुराको …

Read More »

प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) महेन्द्रनगर, – प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे …

Read More »

लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौँ, -तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई …

Read More »

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, …

Read More »

प्रवासी नेपालीले गरे मोटरबाटो निर्माण

बेनी, म्याग्दी- म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी …

Read More »

त्रिभुवन बिमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

काठमाडौँ। मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए। मालिन्दो एयरको उक्त जहाज …

Read More »

कसरी बन्यो शीतल निवास ?

काठमाण्डौ -चन्द्र शमसेरले आफ्नी जेठी बडामहारानीका कान्छा छोरा मेजर जनरल कृष्ण शमसेरको निमित्त तोकिदिएको शीतल निवासलाई वि.सं. १९९० सालको महाभुकम्पले निकै क्षति पु¥यायो । भत्केको यस दरबारलाई कृष्ण शमसेरले आधुनिक तरिकाबाट पुनर्निर्माण गराउन लगाए । वि.सं. २००५ सालमा उनका दाजुहरु मोहन शमसेर ,बबर शमसेर र भाइ शंकर शमसेरले अनेक किसिमका …

Read More »

मुक्तिनाथ हिँडेको बस दुर्घटना; सात घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया …

Read More »

नदीमा हाम फालेर मृत्यु

दार्चुला, महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल …

Read More »