Home > Blog > Notice (page 4)

Notice

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ। चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो। कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० …

Read More »

अवैध हतियारसहित एक जना पक्राउ

हेटौँडा – मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर …

Read More »

मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

बेत्रावती – नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा …

Read More »

चितुवाको छालासहित दुई पक्राउ

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे भकुण्डेबँेसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको …

Read More »

जीप दुर्घटनामा दुईको मृत्यु

दमौली – तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा बुधबार राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी …

Read More »

बसको ठक्करबाट एकको मृत्यु

मुग्लिन – चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका …

Read More »

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी आन्दोलित

सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन्। उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन्।अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० …

Read More »

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

साँखु, काठमाडौँ : नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार …

Read More »

छोरी पढेर बेरोजगार हुँदैन : मुख्यमन्त्री राउत

सिरहा । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अब छोरीले पढेर बेरोजगार भएर बस्न नपर्ने दाबी गरेका छन् । तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारका अवसरमा सिरहाको गोलबजारमा मंगलबार आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । प्रदेश सरकारले बनाएको प्रहरी ऐन तथा …

Read More »

बहुविवाह गर्नेलाई एक वर्ष कैद

सप्तरी : जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । …

Read More »

पत्रकारबाहेक सञ्चारमाध्यमका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सोमबार सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा …

Read More »

आजदेखि विराटनगरबाट पनि श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ। विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक …

Read More »

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मेलम्ची: सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा आज दुईको मृत्यु भएको छ । विद्युत्को तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको छ । करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । …

Read More »

हतियारसहित तीन पक्राउ

धादिङ – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् । उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी …

Read More »

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्रमासमा आधारित …

Read More »

मेक्सिकोको सिमा क्षेत्रमा थप ३७ सय अमेरिकी सेना परिचालन

वासिङ्टन डिसी, अमेरिका । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ। सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ। सिमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ। …

Read More »