Home > Blog > Notice (page 30)

Notice

विद्यालय गएकी बालिका १२ दिनदेखि बेपत्ता

इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन्। सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन्। २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए। बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशंकामा बेलुका नखोजिएको …

Read More »

कांग्रेस महासमिति बैठक तीन दिन लम्बिने

काठमाडौँ — कांग्रेसको महासमिति बैठक तीन दिन लम्बिने भएको छ । विधानमा सहमति जुट्न बाँकी रहेकोले महासमिति बैठक पर्सिसम्म जारी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले पत्रकारसँग भने, ‘आवश्यक पर्दा महासमिति बैठक तीनदिनसम्म लम्बिन सक्छ।’ शनिबारदेखि राजधानीमा बसेको बैठक बुधबारसम्म एगेम्बर पार्टी प्यालेसमै र पर्सि पार्टी …

Read More »

भिसा शुल्क घटाउँदै अमेरिका

काठमाडौं। अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ। भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो। गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए। अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ। नयाँ पत्रिकाबाट

Read More »

प्रलोभन देखाएर बालिका बलात्कार

बर्दिवास । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिबास नगरपालिका ४ माइस्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरेको हो । मगरले बिवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगेर १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । बालिकाको परिवारजनले दिएको उजुरीको …

Read More »

शिक्षिकाको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ : एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले एकै दिनमा पक्राउ गर्न सफल भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले यही आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको …

Read More »

पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। डा. गिरीको मंगलबार विहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरी ९३ वर्षका थिए। कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए। डा.गिरी राजाले शासन सत्ता हातमा लिएपछि बखत पटक पटक प्रधानमन्त्री बनाइएका …

Read More »

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम (पश्चिम)। रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले …

Read More »

प्रथम जैमिनी महोत्सवको तयारी तिब्र

आगामी पुस २७ गतेदेखी बागलुङ जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवका लागि आवश्यक पुर्वाधार सहितको कामलाई तिब्र बनाईएको आयोजक सहारा क्लव कुश्मीशेराले जनाएको । महोत्सव आयोजना हुने सहारा खेल मैदान सम्म पुग्ने सडक निर्माणको काम, महोत्सव स्थल व्यवस्थापनको काम, प्रचार प्रसार, …

Read More »

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा सोमबार बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको …

Read More »

पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका …

Read More »

आगलागीमा ६ घर नष्ट

लहान – गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको …

Read More »

ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको …

Read More »

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

पर्सा – ट्याक्टरको ठक्करबाट शनिबार बेलुका एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ जाँदै गरेको ना १ त २७०७ नं को ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ …

Read More »

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी। मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यस्तै …

Read More »

विदेशी सीप स्वदेश भित्र्याउँदै युवा

काठमाडौं। सरकारले वैदेशिक रोजगारलाई विस्तारै घटाउँदै स्वदेशमै रोजगारको पर्याप्त वातावरण सिर्जना गरी बाध्यकारी वैदेशिक रोजगारको अबस्था अन्त्य गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यलाई पूरा गर्न सरकारले विदेशमा कुनै सीप सिकेका र दक्षता हासिल गरी नेपाल फर्किएका युवाले नेपालमै केही व्यवसाय गर्न चाहेमा सहुलियत ऋण दिने कार्यक्रम सुरु गरिसकेको छ। सरकारले …

Read More »

बर्दियामा ८८ वर्षीय बृद्ध मृत भेटिए

बर्दिया ठाकुरबाबा नगरपालिका २ अछामीटोल बस्ने ८८ वर्षीय रतनसिंह थापामगर सोही नगरपालिका २ स्थित बर्दिया राष्ट्रिय निकुन्जको जंगलमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More »