Home > Blog > Notice (page 20)

Notice

फेवाताल अतिक्रमण गरी बनाएको टहरा भत्काउन बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले पोखरास्थित फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेपछि भत्काउनका लागि बाटो खुला भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्लले गत वैशाख १६ गतेको फैसलाको पूर्ण पाठ बिहीबार सार्वजनिक गरेको छ। सो फैसलाको पूर्ण पाठमा फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा …

Read More »

घरको चुलोबाट आगो सल्किदा दुई तले घर जलेर नष्ट, रु ७ लाखको क्षति

तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित रु १० हजार, …

Read More »

भारतीय महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

तनहुँ – चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि …

Read More »

बाटोमा दिसा गर्ने छ पक्राउ

गौशाला – प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ । बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।पक्राऊ परेका व्यक्तिबाट जनही रु …

Read More »

श्रीमतीको हत्या गर्ने चेम्जोङ पक्राउ

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ ख्यारुपा सिरानमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ३९ की ईन्द्रमाला चेम्जोङको मंगलबार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वर्ष ४२ को नर बहादुर चेम्जोङले धारिलो …

Read More »

उपमेयरको घरमा चोरी

भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ। यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ …

Read More »

टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ । …

Read More »

अर्काको नाममा रकम निकाल्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले …

Read More »

सडक दुर्घटनामा बाह्रको मृत्यु

कटाक, उडिसा – भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ । उहाँले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको समाचारमा जनाइएको छ । स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको …

Read More »

भरुवा बन्दुकसहित एक जना पक्राउ

सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ। बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो। बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। पुलामीलाई …

Read More »

चार जना जुवाडे पक्राउ

दमौली – प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् । मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने …

Read More »

बस दुर्घटनामा दुई जनाको मृत्यु

परासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक …

Read More »

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

काठमाडौँ – सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन …

Read More »

लागुऔषध र पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ महानगरीय प्रहरी परिसरका …

Read More »

विभागीय मन्त्रीले सांसदको प्रश्नै सुनेनन्

काठमाडौं । संसदीय समितिहरु बनाउनुको एउटा उद्देश्य हो, विषयगत बहस तथा छलफल गर्न सहज होस् । सबै विषयमा संसदमा दफावार छलफल गर्न सम्भव पनि हुँदैन । त्यसैले संसदीय समितिलाई मिनी पार्लियामेन्ट मानिन्छ र त्यहाँ भएका छलफल संसदमा भएभन्दा कम मानिन्न । तर, पछिल्ला छलफलहरु हेर्दा संसदीय समितिको प्रभावकारितामाथि नै प्रश्न …

Read More »

प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्छ: पृथ्वीसुब्बा

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिएका छन्। मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताए । गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उनले जानकारी गराए । प्रदेशका …

Read More »