Breaking News
Home > Blog > Notice (page 130)

Notice

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता

विराटनगर – सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा …

Read More »

शेयर बजार ; सूचक घट्यो, कारोबार बढ्यो

काठमाडौँ – शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ …

Read More »

झारफूक गर्दागर्दै किशोरीको मृत्यु

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि …

Read More »

पहिरो पीडितलाई राहत वितरण

सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज जाजरकोटका पहिरोपीडितलाई राहत वितरण गर्नुभएको छ । भेरी नगरपालिका–३ ठाँटी बजार खलंगा जाजरकोटमा आइतबार बिहान पहिरोमा परी ज्यान गुमाएका मृतकका आठ परिवारलाई घटनास्थलमै पुगेर कानूनमन्त्री भण्डारीले प्रतिपरिवार रु २५ हजार नगद र खाद्यान्न वितरण गर्नुभएको हो । राहत …

Read More »

हराएका एक व्यक्ति मृत भेटिए

रोल्पा – तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको सोमबार शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर धारा भिरको बाटो हँुदै घर फर्केका उनी मादकपदार्थ सेवनको कारण लडेको हुनसक्ने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । मृतक पुन घरदेखि …

Read More »

हिंसामा परेका महिलालाई सुरक्षित आवासगृहमा

बैतडी – पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवासगृहमार्फत …

Read More »

राप्रपाको एकीकरण प्रक्रिया अलमलमा

काठमाडौं। तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ । पछिल्लो समय राप्रपा र …

Read More »

घरघरमा श्रीमद्भागवत गीता पु¥याइने

काठमाडौँ – घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरियो । कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि …

Read More »

अवैध लागुऔषधसहित एक पक्राउ

काठमाडौँ – नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो । ब्युरोले पक्राउ गरेका क्षेत्रीको साथबाट १०८ एम्पुल नोर्फिन, १०८ एम्पुल डाइजेपाम र १०८ एम्पुल फेनार्गन बरामद गरेको छ …

Read More »

ओछ्यानमा थलिएका गायक लामिछानेबाट कविता संग्रह विमोचन

भक्तपुर – साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली …

Read More »

अन्तर्राष्ट्रिय युवा दिवस

इटहरी। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताउनुभएको छ । उण्डाइसौँ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिले आज इटहरीमा आयोजना गरेको ‘प्रादेशिक युवा नीति तथा ऐन निर्माण तथा अधिकार …

Read More »

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट – भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । …

Read More »

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर …

Read More »

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ …

Read More »

ट्याक्सी नदीमा आमाछोरा बेपत्ता

म्याग्दी – म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले …

Read More »

दरबार हाइस्कूल भवन शिलान्यास

काठमाडौँ – नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय …

Read More »