Breaking News
Home > Blog > Notice (page 127)

Notice

सर्जक तथा गायक शिव अखेली र प्रजापतिले गरे अहिलेका युवाहरुलाई झटारो (भिडियो)

काठमाण्डौ – गायक तथा सर्जक शिव अखेलीले आफै लेखेको शब्द आफै गाएका छन् । वरिष्ठ गायक प्रजापति पराजुली ,शिव अखेली तथा प्रतिमा वि.क.को स्वरमा रहेको पात बेरेर बिँडी बोलको गीत आजमात्र गुराँस मुभिज प्रालिले बजारमा ल्याएको हो । गीतमा घरको आर्थिक अवस्थाको ख्यालै नगरी कच्चा उमेरमै कुलतमा लाग्ने युवाहरु अझ …

Read More »

नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन – नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । रासस

Read More »

सामूहिक बलात्कार गर्नेध्ये एक पक्राउ

गाईघाट, उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा …

Read More »

केशर महल ; एक जानकारी

काठमाण्डौ – चन्द्र शमसेर सत्तामा रहँदा निर्मित यस दरबार चन्द्र शमसेरले आफ्नो साहिँला छोरा केशर शमसेरलाई दिएपछि केशर महलको नामले प्रख्यात भएको थियो । विलासी जीवनशैली भएका केशर शमसेर सिंहदरबारमा नबसी केशरमहलमै सुरा–सुन्दरीहरुसँगै ज्यादा समय बिताउँथे र केटीहरुकै निमित्त पैसा उडाउँथे । आफ्नो बुवाजस्तै जुवाको सौखिन केशर शमसेरले चन्द्र शमसेरसँग …

Read More »

तीनतले घरको नक्सा पास गर्न ३१ हजार कर !

पोखरा । स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा गुरुङले गाउँपालिकाबाट तीनतले घरको नाक्सा पास गर्न ३० हजार ९०० रुपैयाँ स्थानीय सरकारलाई कर तिरेका …

Read More »

विप्लवविरुद्ध संगठित अपराध मुद्दा

कालिकोट। जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका ७ जना उच्च तहका नेताविरुद्ध जिल्ला अदालत कालिकोटमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले मंगलबार नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा कर्णाली राजमार्गको …

Read More »

घरजग्गाको मूल्य वृद्धिप्रति स्थानीय आक्रोशित

नेपालगञ्ज – बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीय तहले …

Read More »

कर बढाएको विरोधमा प्रदर्शन

भद्रपुर – स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी …

Read More »

छ दर्जन घर पहिरोको जोखिममा

चौतारा – अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो …

Read More »

बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

नुवाकोट – विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल …

Read More »

दुर्घटनामा सोह्र घाइते

तनहुँ – बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई …

Read More »

सौराहामा एन्फा विशेष साधारणसभा

सौराहा, चितवन – अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण …

Read More »

लस्तीबजार जोखिममा

पर्वत – लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो …

Read More »

निर्देशक यादवको निधन

राजविराज – मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त हुनुहुन्थ्यो …

Read More »

रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

इलाम – बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न …

Read More »

बम फेला ; दुई पक्राउ

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा …

Read More »