Breaking News
Home > Blog > Notice (page 124)

Notice

बाढीले बगायो माइक्रो बस

सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान …

Read More »

एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो …

Read More »

बेपत्ता बालक भेटिए

नवलपरासी – पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् । घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा …

Read More »

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ – गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान …

Read More »

मालिकाको पर्यटन गुरुयोजना तयार

म्याग्दी – स्थानीय मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको छ । उक्त गुरुयोजनामा मालिकाका पर्यटकीयस्थलमा आधारभूत पूर्वाधार निर्माणका लागि रु सात करोड पचास लाख लगानीको प्रस्ताव गरिएको छ । पर्यटकीयस्थलको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणका लागि सो गुरुयोजना निर्माण गरिएको हो । …

Read More »

चोरीको गाडीसहित १० लाख बढीको सामान नियन्त्रणमा

गौशाला – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला …

Read More »

सलमान खान पूर्व प्रेमिकाको घरमा रंगेहात पक्राउ

एजेन्सी । सलमान खानको नीजि जीन्दगी निकै रमाइलो र हाँसो उठ्दो छ। यस्तै एक किस्सा एक्टरले दश का दशको सेटमा पनि शेयर गरे। जब उनी आफ्नो पूर्व प्रेमिकाको घर पुगेका थिए, तब उनी रंगेहात दराजभित्र लुकेको अवस्थामा फेला परेका थिए। शो को सेटमा सलमान खानले भने, ‘एक पटक मेरी गर्लफ्रेण्डका …

Read More »

करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोट – जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् । आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस हुनुभएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै …

Read More »

युरिया मलको अभाव

बाँके – चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका …

Read More »

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई २१ स्वर्ण

भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालले सो उपलब्धि हासिल गरेको प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीले जानकारी दिए। अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा २१ स्वर्णसहित …

Read More »

एघार घर पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताउनुभयो । निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने …

Read More »

वार्तामा आउन आग्रह

ललितपुर – भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । पुल्चोकस्थित प्रकाशनमा आज पुग्नुभएका मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भन्नुभएको हो । उहाँले भन्नुभयो, “ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ …

Read More »

नालामा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ । कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । …

Read More »

कालीमाटी तरकारी बजार खुल्यो

काठमाडौँ – अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो । व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद …

Read More »

मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता

पाल्पा – मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर …

Read More »

पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

काठमाडौँ – गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिनुभयो । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित हुनुहुन्थ्यो । न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा …

Read More »