Breaking News
Home > Blog > Notice (page 110)

Notice

भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ। प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए। “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले …

Read More »

हतियार र लागूऔषधसहित दुई पक्राउ

बनियानी, झापा झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो । “भारतीय डब्यूबी …

Read More »

ब्राह्मण र दलित समुदायले राखे सामूहिक जमरा

बेत्रावती । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् …

Read More »

वामदेव गौतमको इच्छामा पार्टीभित्रै असन्तुष्टि

काठमाडौं। नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन्। यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके। पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन्। गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने …

Read More »

वामदेवलाई उम्मेदवार बनाउने निर्णयबाट पछि हटे प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन्। उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद ल्याउने सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाको बारेमा पार्टी कुनै निर्णय नभएको बताएका हुन्। अध्यक्ष प्रचण्डले …

Read More »

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई सहर बस्न नदिइने

बीबीसी । अस्ट्रेलियाको सरकारले नयाँ आप्रवासीलाई सिड्नी र मेल्बर्नमा नभएर अन्य साना राज्य र ग्रामीण क्षेत्रमा मात्रै बस्न दिने प्रस्ताव सार्वजनिक गरेको छ। जनसङ्ख्या मन्त्री एलन टजका अनुसार अस्ट्रेलियाका ती दुई सहरको चाप घटाउन र अरू क्षेत्रको विकासलाई सघाउन त्यस्तो नीति ल्याइएको हो। प्रवेशाज्ञाका शर्तहरूमार्फत् केही आप्रवासीलाई ठूला सहरमा नभएर …

Read More »

ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ : रायमाझी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन्। उनले सरकारले अब गियर चेन्ज गरेपछि मात्रै पिकअप लिने दाबी गरे। बुधबार राजधानीमा आयोजित भए कार्यक्रममा बोल्दै नेता रायमाझीले मुलुक यतिवेला …

Read More »

आजबाट दशैं सुरु, हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौँ। आज घटस्थापना, दशैको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ। विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो। प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको …

Read More »

शिक्षामा २५ वर्षे योजना निर्माण

काठमाडौँ । राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ। आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद्, विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक, सरकारी अधिकारीलगायसँग छलफल गरेको हो। आयोगका उपाध्यक्ष उषा झाले शिक्षाको दिर्घकालीन योजना बनाउन सरोकारवाला सबै मिलेर लाग्नुपर्ने …

Read More »

बाबुबाटैै छोरी बलात्कृत

रोल्पा – रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको …

Read More »

बोगटीको निधन ;;; शोकमा डुब्यो कलाकारिता क्षेत्र

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ …

Read More »

किराना पसलमा आगलागी

चितवन – भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाएका थिए । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका …

Read More »

बसबाट खस्दा बसका सहचालकको मृत्यु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०÷२२ वर्षका सहचालकको मृत्यु भएको हो । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक …

Read More »

परिचयपत्र त्यागेर काठमाडौं आउँदै राउटे

काठमाडौं । गत जेठमा दैलेखको गुराँस गाउँपालिकाले फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटेलाई अस्थायी परिचय पत्र दियो । परिचय पत्र पाएपछि राउटे सो गाउँपालिकामा स्थायीरुपमा बस्ने अनुमान गरिएको थियो । तर, राउटे भने सो परिचय पत्र त्यागेर सुर्खेतको लेकबेसी गाउँपालिका पुगेका छन् । उनीहरुले परिचयपत्र घरमा राखेका कारण बाँदर …

Read More »

मानव कङ्काल फेला

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ लामागाउँस्थित ठूलो गहिरो जङ्गलमा आज मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले रुखमा नाइलनको डोरीमा हड्डीको सानो भाग अड्किएको र जमिनमा हड्डी मात्रै थुप्रिएर रहेको अवस्थामा फेला परेको जानकारी दिए। प्रहरीले सो क्षेत्रबाट मानव कङ्कालको हड्डी, निलो रङको …

Read More »

दुर्घटनामा दुई चालकको मृत्यु

नुवाकोट – जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको होे । पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको …

Read More »