Home > Blog > Notice (page 10)

Notice

उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा दिन्न: मन्त्री पण्डित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाएका हुन्। मंगलबार संघीय संसदको …

Read More »

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

काठमाडौं : भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले …

Read More »

सहकारीमा ठगी गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ। सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार …

Read More »

भारतको कश्मीरमा तनाव जारी

नयाँ दिल्ली (एजेन्सी) । भारत प्रशासित जम्मू–कश्मीरलाई स्वायत्तताको अभ्यास गर्नका लागि प्राप्त विशेष राज्यको संवैधानिक दर्जा केन्द्र सरकारले हटाउने निर्णय गरेको एकदिन पछि उक्त राज्य पूर्ण बन्दको अवस्थामा रहेको छ। आइतवार बेलुकी काटिएको टेलिफोन नेटवर्क र इन्टरनेट अझै खुला गरिएको छैन र दशौँ हजार सैनिकले त्यहाँका सडकहरूमा गस्ती गरिरहेका छन्। …

Read More »

‘गैर नेपालीलाई नागरिकता दिनेलाई कारवाही किन हुँदैन’

काठमाडौँ । गैर नेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई कारवाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे। “गैर नागरिकलाई नागरिता दिनेलाई के के कारवाही भयो सदनलाई जानकारी दिनुपर्छ, …

Read More »

६५ वर्ष कटेपछि बैंकको सिइओ बन्न नपाइने

अब ६५ वर्ष उमेर पुगेपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन नपाइने व्यवस्था गरेको हो। यदी बैंकमा कार्यकाल रहेको अवस्थामा भने ६९ वर्षसम्म वहाल रहन सक्ने व्यवस्था …

Read More »

अटो र बोलेरो ठोक्‍किँदा सातजना घाइते, दुई गम्भीर

धनगढी : धनगढी अत्तरिया सडकखण्डको गेटामा अटो रिक्सा र ग्यास सिलेन्डर बोकेको बोलेरो जीप ठोक्‍किँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। सोमबार बिहान ११ बजेतिर धनगढी उपमहानगरपालिका-१७ डमौलियाबाट बजारतिर आइरहेको ना ३ स ५५६६ नम्बरको अटो र धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ च ८२३ नम्बरको …

Read More »

किर्ते सही गरी कार्यालयको ९३ लाख झिकेर कर्मचारी फरार

जनकपुरधाम : प्रावीधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी रकम झिकेर फरार भएका छन् । सिटीईभीटीले धनुषाको सपहीमा सञ्चालन गरेको बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी जिल्लाको महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर किर्ते सहीछाप गरी बंैकबाट ९३ …

Read More »

पुटिनद्वारा अमेरिकासँग आणविक वार्ताको प्रस्ताव

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् । शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो । “नियम, सीमा …

Read More »

यातायात समितिका रकम फकुवा

काठमाडौं : यातायात समितिहरूका नाममा रहेको रकम सरकारले गैरकानुनी रूपमा फकुवा गरेको छ। यातायातमा सिन्डिकेट खारेजीसँगै समितिहरूका नाममा रहेको रकम रोक्का गरिएको थियो। मन्त्रिपरिषद्ले कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रूपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। व्यवसायीको प्रलोभनमा सरकारले खारेज भएका यातायात समितिको …

Read More »

आज नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि …

Read More »

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं। २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा …

Read More »

पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको …

Read More »

‘सरकार निरंकुश बन्दै गयो’: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको बताएका छन् । शनिबार मध्यपुर थिमिमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए । प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र …

Read More »

रोजगारी नखुल्दै मलेसिया लैजाने भन्दै अन्तरवार्ता !

काठमाडौं । श्रम गन्तब्य मुलुक मलेसियामा नेपाली कामदार लैजान रोकिएको १४ महिना भइसक्यो । श्रम समझदारी भएको ९ महिना बित्दा पनि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु भएको छैन । तर म्यानपावर कम्पनीहरुले मलेसिया लैजाने भन्दै अन्तरवार्ता लिन सुरु गरेका छन् । शनिबार वैदेशिक रोजगार विभागले एक अन्तरवार्तास्थलमा छापा मार्दा यस्तो …

Read More »

खाल्डोमा डुुबेर दुई बालबालिकाको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ। इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा …

Read More »