Breaking News
Home > Blog > Notice

Notice

त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने

काठमाडौँ — नेपाल र चीनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणक्रममा आइतबार त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले चिनियाँ भाषा प्रवर्द्धन, अध्ययन, अनुसन्धानका निम्ति कन्फ्युसियस …

Read More »

१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ

गौर : १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । त्यसयता उनी दुईपटक संसद् सदस्यमा प्रतिस्पर्धा गरिसके । २०७० मा हारे र २०७४ मा जिते …

Read More »

नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै

काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ …

Read More »

१२ लाख बराबरको अवैध सुनसहित चावहिलबाट दुई पक्राउ

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा …

Read More »

शून्य छ गाउँ’ बजारमा (भिडियो)

शून्य छ गाउँ शून्य छ ठाउँ शून्य छ वस्ती यो । नहुँदा तिमी झन् शून्य मन सहन अति भो ।। माथिका हरफहरु कवि तथा गीतकार घायलश्रीको भरखरै बजारमा आएको ‘शून्य छ गाउँ’ गीतका हुन् । नेपाली सुगम सङ्गीतमा राम्रो सम्भावना बोकेका गायक सिद्धार्थ परियारको आवाजमा ‘शून्य छ गाउँ’ बजारमा आएको …

Read More »

आज बडा दशैँको चौँथो दिन, कुष्माण्डा भगवतीको पूजाआजा गरी मनाईँदै

काठमाडौँ । आज बडा दशैँ अर्थात नवदुर्गाको चौँथो दिन दुर्गा माताको चौँथो स्वरुप कुष्माण्डा भगवतीको पूजा आराधनागरी मनाईँदै छ। सूर्यको जस्तो तेज भएकी, सिंहको बहानमा सवार भगवतीका ८ हात भएकाले कुष्माण्डा मातालाई अष्टभुजा देवी पनि भन्ने गरिन्छन। आज पनि देशभरका देवी मन्दिरहरुमा भक्तजनको घुईँचो लागेको छ । नवदुर्गा सुरु भएसँगै …

Read More »

छानवीन सकिएपछि महरा फेरि सभामुख !

काठमाडौं। बलात्कारको आरोप लागेको सभामुख कृष्णबहादुर महराले पार्टीको निर्देशन अनुसार मंगलबार आफ्नो पदबाट राजीनामा दिए। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको सभामुख महरालाई सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनमा दिन निर्देशन दियो। लगत्तै सभामुख महराले राजीनामा पत्र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाए। सभामुखले राजीनामा …

Read More »

राजीनामा दिने तयारीमा सभामुख महरा

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्। सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्। शीर्ष नेताको सुझावपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिने तयारी गरेको …

Read More »

सभामुखमाथि बलात्कारको आरोप : महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)

काठमाडौं : सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरेका हुन्। विज्ञप्तिमा महरामाथि लागेका आरोप सबै कपोकल्पित भएको उल्लेख गरिएको …

Read More »

महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि सुरु भएको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्। महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार …

Read More »

यूएईमा भएको भयानक दुर्घटनामा ६ जना नेपालीको मृत्यु

काठमाडौं। सोमबार सँयुक्त अरब इमिरेट्समा भएको भयानक सडक दुर्घटनामा ६ जना नेपाली मारिएका छन्। मिनिबसबाट कामका लागि जाँदै गरेका मजदुरहरुलाई ट्रकले ठक्कर दिएको दुबई प्रहरीका प्रमुखले बताएको गल्फ न्यूजले लेखेको छ। यूएईको दुबईको शारजहाँस्थित शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई ट्राफिक प्रहरीका बिग्रेडियर सैफ मुहायर मजरौनीले मिनबस र …

Read More »

चिनियाँ लामा र बौद्ध घ्याङ गुठीबीच झडप

काठमाडौं । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा कार्यक्रममा दुइ पक्षबीच झडप भएको छ। चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा सामान्य झडप भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी बृत बौद्धका डिएसपी रमेश बहादुर सिंहका अनुसार पुजा बिथोल्न गएका गुठीका केही व्यक्तिले प्रदर्शन गरेपछि प्रहरी प्रहरी त्यो ठाउँमा पुगेको थियो। …

Read More »

नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु, पहिलो दिन घर घरमा घटस्थापना गरिदैँ

गोर्खा अनलाइन रेडियो यूके, ठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी …

Read More »

बसभित्रै बिरामीको मृत्यु

महादेववेशी (धादिङ) : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला …

Read More »

कांग्रेसमा थप शक्ति बढाउँदै सभापति देउवा

काठमाडौं। नेपाली काँग्रेसको माहाधिवेशनको मिति नतोकिए पनि नेताहरु त्यसको तयारीमा नेताहरु जुटिसकेका छन्। कम्तिमा अबका डेढ वर्षमा काँग्रेसको १४ औं महाधिवेशन हुनेछ। महाधिवेशनमा आ–आफ्नो समूहलाई बलियो बनाउने नेताहरु कसरतमा लागिरहेका बेला सभापति शेरबहादुर देउवाले आफ्ने ‘शक्ति’ थप बढाउँदै लगेका छन्। २०७४ को आम निर्वाचान ठिक अगाडि तत्कालीन मधेशी जनाधिकार फोरम …

Read More »

मापदण्डविपरीत सञ्चालित चामल उद्योगलाई ५० हजार जरिवाना

बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ। स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा …

Read More »