Home > Blog > Notice

Notice

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

काठमाडौँ – रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो । खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती …

Read More »

आगलागीबाट ध्वस्त विद्यालयलाई सहयोग

बेनी, म्याग्दी – आगलागीबाट एक वर्ष अगाडि ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयलाई म्याग्दी समाज अमेरिकाले रु दुई लाख, २१ हजार १७० सहयोग गरेको छ । आगलागीबाट विद्यालय ध्वस्त भएपछि दुईतले १० कोठे भवन निर्माण भइरहेको छ । शिक्षा कार्यालय र विभिन्न दाताहरुको आर्थिक सहयोगमा निर्माण भइरहेको …

Read More »

वर्षाको भल सँगै बग्यो करोडौँ बजेट

जाजरकोट – यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको …

Read More »

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

इनरुवा । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ। शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ …

Read More »

दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

पाँचथर – फालेलुङ गाउँपालिका–६ मा आज साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले …

Read More »

नारायणी नदीमा डुबेर बेपत्ता

नवलपरासी – पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । …

Read More »

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

मस्को – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने …

Read More »

राईलाई विकास पत्रकारिता पुरस्कार

खोटाङ – नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम गर्न योगदान पु¥याएवापत हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो नगरसभाका अवसरमा नगर प्रमुख इवन राईले शुक्रबार …

Read More »

बागलुङमा २०५ औँ भानु जयन्ती सम्पन्न

गत वर्षहरु र्झँ यस वर्ष पनि धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा २०५ औ भानु जयन्ती भब्यरुपमा मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनक राज पौडेलले भानुभक्तले नेपालको सास्कृतिक एकताको लागि उल्लेखनीय कार्य गरेका बताएका थिए भने मुख्य न्यायाधीश शेषराज सिवाकोटीले बागलुङमा प्राथमिक अबस्था देखि नै शिक्षाको जागरण आएको बताए। …

Read More »

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

फलेवास, पर्वत – कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन …

Read More »

४ रिक्टरको भूकम्प

बाजुरा – यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । रासस

Read More »

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

चौतारा – सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय …

Read More »

गुप्तचरमाथि गुप्तचर (फोटो फिचरसहित)

सरु पौडेल,काठमाण्डौ –नेपालमा हरेक क्षेत्रमा लापारबाही छ भन्ने कुरा त भनिरहन नपर्ने कुरा हो । यतिसम्म कि गुप्तचरका क्रियाकलाप अरुले नियाल्दा समेत सरकारलाई चासो नभएजस्तो देखिन्छ । सिंहदरबारभित्र रहेका गुप्तचरका भवनभन्दा अग्ला अग्ला भवन गुप्तचर भवनअगाडि नै बनिरहेका छन् । ती भवनहरुबाट गुप्तचरका क्रियाकलाप सजिलै नियाल्न सकिन्छ तर सरकारले यस …

Read More »

डा.अधिकारीमाथि गृह मन्त्रालयमा दुर्व्यवहार

काठमाडौं। द्वन्द्वकालका घाइतेको अपागंताको मेडिकल रिपोर्ट आफ्नो अनुकूल नबनाएको निहुँमा गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारीमाथि दुर्व्यवहार गरिएको छ। सरकारी चिकित्सक संघ (गोदान) का आजीवन सदस्य समेत अधिकारीलाई मंगलबार साँझ गृह मन्त्रालयमा बोलाएर दुर्व्यवहार गरिएको हो। ट्रमा सेन्टरमा बिरामीको उपचार गरिरहेको अवस्थामा गृहमन्त्रीले …

Read More »

सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सल्यान – पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् । जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । धामीका अनुसार …

Read More »

वैदेशिक रोजगारीको नाममा ठगी

गाईघाट, उदयपुर – युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् । रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ । जाँतेका केशर रार्ईलाई डेढ …

Read More »