दीपशिखा शर्मा
पौषको महिना,साँझको खाना खाएर ओछ्यानमा लमतन्न परिरहेकी थिएँ । बिगतका तिता यादहरुले रातभर निद्रा परेको थिएन । ओल्टे कोल्टे फेर्दै,छट्पटाउँदा छट्पटाउँदै कतिबेला आँखा लागेछ पत्तै भएन । बिउझिंदा सुर्योदय भइसकेको थियो । उठेर घडि हेरें,सात बजिसकेछ । बाहिर निस्कन मन लागेन । शनिबारको दिन,हातमुख धोई फ्रेस भएर पुनःपलङमा पल्टें । चिसो सिरेटोमा ब्ल्यान्केटभित्र गुटमुटिएर घर बाहिरका दृष्यहरु झ्यालबाट चियाउन पुगें । पर पर सम्मका दृष्यहरु आँखा अगाडि छर्लङ्गै देखिन्थे । आँखी झ्यालबाट छिरेको कलिलो प्रभाती किरणले शयनकक्ष नुहाईरहेको प्रतित हुन्थ्यो । आकाशमा बादलको लेशमात्रपनि थिएन । चराहरु चुच्चोमा खानेकुरा च्यापेर आफ्ना बचेराहरुलाई खुवाइरहेका थिए । चिरविर चिरविर आवाजले वातावरणको मुग्धतालाई अझ बढाईरहेको थियो । परेवाका जोडीहरु एक आपसमा माक घुर घुर माक घुर घुर गर्दै मायाँ लिंदै अनि दिंदै थिए………
लाग्थ्यो कालो अन्धकारलाई चिर्दै उज्यालोको जन्म भएको छ । जीवन संघर्षमा मैले भोग्नुपरेको कहालीलाग्दो अतीत आज म सँग थिएन । तीतो बिगतलाई उहिल्यै तिलान्जली दिएर मैले नयाँ जीवनको शुरुआत गरिसकेकी थिएँ । चार दशकको संघर्षशिल यात्राको दौरानमा मैले जीवनमा भोग्नुपरेका आरोह अवरोह एवं यस पापी समाजले म प्रति लादेको अन्याय,अत्याचार,तिरस्कार र घृणा छरपष्ट भएर एक चलचित्रको कहानी झैं आज मेरो आँखा अगाडि आईरहेका थिए । मेरो जीवनको उर्जाशिल समय यहि समाजको प्रतिकार गर्दैमा बित्यो । रातभर त्यहि कहालीलाग्दो अतीतले मलाई सताइरहेको थियो ।
००००००
मेरो संघर्षको कथा आजभन्दा करिब ४० बर्ष अगाडिबाट शुरु हुन्छ । म जान्ने बुझ्ने भएदेखि आफूलाई बिकट पहाडी जिल्लाको एक मध्यम बर्गिय ब्राम्हण परिवारमा पाएँ । बाबाको पहिल्यै निधन भईसकेको थियो । परिवारमा आमा म र भाई मात्र थियौं । अध्ययनको नाममा मैले बिद्यालय समेत देखेकी थिइन तर मेरो भाइलाई भने आमाले दःुखजिलो गरेर पढाउनुभएको थियो । सम्पत्तिको नाममा एक हल गोरु,चारवटा बाख्रा,दुईवटा भैंसी र २ रोपनी खेत र पाखो बारी बाहेक अरु केहि थिएन । समग्रमा भन्नुपर्दा मेरो परिवार कृषिमा आश्रित थियो । बाह्रै महिना खेतबारिमा जोतिनु पर्दथ्यो । आमासँगै खेतबारिमा काम गर्ने,घाँस काट्ने अनि गाइबस्तु हेर्ने मेरो नियमित दैनिकी बनिसकेको थियो । अन्नको जोहो गर्न आमा र म खेतबारीमा घोटिन्थ्यौं । जतिसुकै दुःखजिलो गर्दापनि छ महिना खानमुश्किलले पुग्दथ्यो । बाँकी समय बाख्रा पाठा बेचेर धान,मकै,कोदो बेसाएर गुजारा गथ्र्यौं । खेतिपाती लगाएर बचेको समय गाईभैंसी चराउने र घाँसपात गर्दैमा ठिक्क हुन्थ्यो । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला र सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।