त्यो दिन म निकै खुशी भएकी थिएँ । मैले बल्ल-बल्ल एउटा निजी अस्पतालमा जागिर पाएकी थिएँ । जागिर सुरु गर्ने कौतुहलताले भित्रैदेखि रोमान्चित बनाइरहेको थियो । नर्सिङ पास गरेपछि जागिरको खोजीमा काठमाडौंका हरेक अस्पताल चहारेकी मलाई यस्तो महसुस हुनु स्वभाविकै पनि थियो । जब म उत्सुक हुँदैं अस्पताल गएँ । मेरो खुशी निराशामा परिणत भयो । मभन्दा अघि नै त्यहाँ १९ जनाले भोलेन्टियर गर्दा रहेछन् । सबैभन्दा पछाडि पुगेकी मलाई पनि भोलेन्टियरमा राख्ने भनिएको थियो । तर त्यहाँ पहिल्यै १९ जना भोलेन्टियर देखेपछि मलाई कामै गर्न मन लागेन । त्यसपछि चितवन मेडिकल कलेजमा जागिर पाएँ १० हजार रुपियाँ मासिक पाइने भयो । म खुशी नै थिएँ । अर्थो वार्डमा ड्युटी खटाइयो । त्यहाँ जहिले पनि दुर्घटनाका केस आउथे । आफूजस्तै मान्छे दुर्घटनामा परेर आएको देख्दा नमिठो लागेर आउथ्यो । तर त्यहाँ काम सुरु गरेको १३ औँ दिनमा कान्ति बाल अस्पतालमा अवसर मिल्यो । म काठमाडौँ आए । नियुक्तिपत्र लिएको दिन मेट्रोनले भन्नुभयो, ‘भोलिदेखि काममा आउनु, सेतो साडी लगाउनुपर्छ, साना–साना बच्चाहरुसंग काम गुर्नपर्छ ।’ मनमनै डर लाग्यो । किनभने, मलाई बच्चाको क्यानुला लगाउन, ड्रिप मेन्टेन गर्न, मेडिसिन डोज क्यालकुलेट गर्न राम्रंोसंग आउँदैनथ्यो । अझ साडीको त कुरै नगरौं । सबै कुरा मेरा लागि नयाँजस्तै थियो । जे भएपनि भोलिपल्टदेखि डिउटी गरें, सिनियर दिदीले ड्रेस लगाइदिनु भयो । काम सिकाइदिनु भयो । आखिर गर्न नसकिने त के नै रहेछ र जस्तो लाग्यो । विस्तारै घुलमिल हुदैँ गएँ । यसै क्रममा म सर्जिकल वार्डमा काम गर्थे, जहाँ मसंग तिता–मिठा अनुभवहरु संगालिएका छन् । समयक्रमले मलाई धेरै कुराको पाठ सिकायो । ४० वटा बेड, काम सुरु भएको दुई साता नबित्दै एक्लै नाइट डिउटी गर्नुपर्ने हुन्थ्यो । कति रात त मेडिसिन गर्दैमा बित्थे । विहान र बेलुका दौडादौड, अपरेशन थियटर, डाक्टरको राउन्ड, ड्रेसिङ्ग सम्झदै कहाली लाग्ने, त्यसमाथि डाक्टरको खप्की । म फेरि स्वभावैले सहन नसक्ने मान्छे । विना गल्ती गाली गरेको त म अझै सहन सक्दिनँ । कुनै डाक्टर स्वभावैले नर्सलाई हेप्ने प्रवृत्तिका हुँदा रहेछन् । कुनै डाक्टर आफनो काम पनि मलाई लगाउथे । सुरु सुरुमा त चुप लागेर गरें । कुनै डाक्टरले त मलाई विद्यार्थी हो भन्ने ठानेर के–केसम्म भने । हुँदाहुँदा एकदिन एक डाक्टरले मलाई ‘बैनी पानी देऊ त खाऊँ’ भने । यसो हेरेको त पानीको बोतल उनकै अगाडि थियो । म चुप लागें । उनले फेरि उही शब्द दोहोे¥याए । मैले ‘हजुरकै अगाडि छ’ भनें । त्यसपछि उनले ग्लासमा हालेर ल्याऊ भने । म आफनो काम गरिरहेकी हुन्थें । कुनै डाक्टर आफनो काम पनि मलाई लगाउथे । सुरु सुरुमा त चुप लागेर गरें । कुनै डाक्टरले त मलाई विद्यार्थी हो भन्ने ठानेर के–केसम्म भने । हुँदाहुँदा एकदिन एक डाक्टरले मलाई ‘बैनी पानी देऊ त खाऊँ’ भने । यसो हेरेको त पानीको बोतल उनकै अगाडि थियो । म चुप लागें । उनले फेरि उही शब्द दोहोे¥याए । मैले ‘हजुरकै अगाडि छ’ भनें । त्यसपछि उनले ग्लासमा हालेर ल्याऊ भने । मलाई त्यो कुरा चित्त बुझेन । लाग्यो– ३ वर्ष दुःख गरेर पढेको एउटा हृष्टपुष्ट डाक्टरको सेवा गर्न कि असहाय बिरामीको सेवा गर्न रु भोलिपल्ट इन्चार्जलाई भनें । उहाँले डाक्टरलाई ‘सानो देखेर नहेप्नुस, आफनो काम आफै गर्नुस्’ भन्नुभयो । मलाई इन्चार्जको कुरा एकदमै मन प¥यो । उहाँलाई आइडल मानें । अनि त्यसपछिका दिनमा काम गर्ने वातावरण सहज बन्दै गयो । सर्जिकल वाडमा काम गरेको १ वर्षपछि म एनआइएमसियुमा सरुवा भएँ । त्यसयता आजको दिनसम्म पनि यही छु । यहाँ त झन् साना–साना बिरामी ३० दिन मुनीका शिशुमात्र हुन्छन् । तर म पहिलाजस्तो हतोत्साहित भएकी छैन । किनभने अब मलाई सबै काम राम्रोसंग गर्न आउँछ । तर बच्चाहरु रोएको रोयै गर्ने । कहिलेकाहीँ त दिक्क पनि लाग्छ । बच्चाहरु किन रोएका हुन् थाहा पाउनै नसकिने । यहाँपनि आएको १ हप्तामा नै नाइट डिउटी गर्नुपर्ने भयो । बेड ३० वटा । एउटा बच्चा चुप लागे, अर्को रुने । त्यो चुप लागे फेरि अर्को रुने । कति रात त यसरी नै बित्थे । बेकारमा नर्सिङ पढिएछ जस्तो लाग्थ्यो कहिलेकाही । तर यहाँ काम गर्न रमाइलो छ । दिदीहरु पनि निकै रमाइला र डाक्टर पनि मिलनसार हुनुहुन्छ । समय बितेको पत्तै हुँदैंन । बिस्तारै म साना–साना नानीहरु, अझ भनौँ एनआइएमसियु वार्डसंग घुलमिल भएँ । यहाँ काम गर्न थालेको पनि आज ५ वर्ष लागेछ । यहाँ आएपछि म आइएफसिएच अस्पतालमा पार्ट टाइम काम सुुरु गरें । त्यसपछि यहाँ काम गर्दागदै ‘नाइन’ बाट बिएन गरें र अहिले एमएमआइएसटीमा काम गर्ने मौका पाएकी छु । मेरो जिन्दगीको महत्वपूर्ण समय मैले एनआइएमसियुमा बिताएकी छु । मेरो करिअर पनि उसैले बनाएको हो । अझ भनौँ एनआइएमसिय टिमले मेरो हरेक कदममा सहयोग र हौसला प्रदान गरेको छ । मेरो दुःखमा साथ दिएको छ । मैले बिएन पढ्दा यहाँका डाक्टरहरु र सिनियर दिदीले धरै सहयोग गर्नुभयो । म नर्सिङ पेसमा प्रवेश गरेको १० वर्ष बितिसकेको छ । अझै पनि नजानेको कुरा सोध्दा उहाँहरुले राम्रोसंग सिकाउनु हुन्छ । आजकल लाग्छ सबै डाक्टर एकनासका हुदैनन् । मेहेनत गर्नुपर्छ, संघर्ष नै जिन्दगी हो । रातपछि दिन अवश्य आउँछ । र परिश्रमको फल मिठो हुुन्छ । धन्यबाद कान्ति बाल अस्पताललाई, जसले मलाई अवसर दियो । धन्यवाद एनआइएमसियु टिमलाई जसले मेरो हरेक कदममा साथ दियो । आशा छ दिइरहनेछ ।
सुन्नको लागि तल प्ले गर्नुहोला
साभार – स्वास्थ्य खबर पत्रिका
सर्वदा अधिकारी,नर्स
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।