नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान राख्न सफल वरिष्ठ संगीतकार अम्बर गुरुङको आज मंगलवारका दिन ७९ वर्षको उमेरमा निधन भएकोछ । खाना खानेबित्तिकै वान्ता हुने समास्याका कारण उनलाई काठमाण्डौस्थित ग्रांडी अन्तरास्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सन जस्ता रोगबाट पीडित गुरुङलाई निमोनिया र युजीआई को उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो । वि.स. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुंगको कोखबाट दार्जिलिंगको लालढिकीमा उनको जन्म भएको थियो । नेपालको रास्ट्रिय गान “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली ” लाई समेत उनले नै संगीत दिएका हुन् । वि.स. २०१६ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका गुरुंगले सन् १९६१ मा पहिलोपटक “नौ लाख तारा उदाए ” बोलको गित रेकर्ड गराएका थिए । एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । तत्कालीन राजा महेन्द्रले यही गीत मन पराएर अम्बर गुरुंगलाई लाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे । उनी वि.सं. २०२५ सालमा नेपाल आए । वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्याएपछि गुरुङ नेपाल आएर बसे पछि यही गीत नेपालीले धेरै मन पराए । वि.सं. २०२६ मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४ मा अवकाश पाए । उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन्। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पार्श्व सँगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसँगीत,स्वर दिएका छन् । शैक्षिक योग्यताका हकमा उनले आईए सम्मको अध्ययन गरेका छन् भने उनका तीन छोरा र एक छोरी छन् ।
अम्बर गुरुंगद्वारा संगीतबद्द “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली ”
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।