काखीको गन्ध हटाउने घरेलु उपाए

गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ । यस्तो भयो भने कोही पनि हामी नजिक बस्न चाहँदैन ।

काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन । यहाँ हामी केही घरेलु उपाय बताउँदै छौं। जसले काखीको गन्ध सजिलै हटाइदिन्छ ।

बेकिङ सोडा

बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस्। पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस् । केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहो–याउनुभयो भने काखीको गन्ध हराउँछ ।

स्याउको चुक अमिलो

स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।

कागती पनि दुर्गन्ध हटाउने राम्रो उपाय हो । एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ ।

फिटकिरी
फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ ।

गोलभेँडा

गोलभेँडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।

नखौरिनुस्
काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।

बेस्सरी पानी पिउनुस्
गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित