विदेशमा निधन भएका ४० नेपालीको शव नेपाल लगियो, १ सय ६४ व्यवस्थापन गर्न बाँकी

लन्डन । वैदेशिक रोजगारीको शिलसिलामा मृत्यु हुने नेपालीहरुको अवस्था निकै नै कहाली लाग्दो छ । घर परिवारको समस्याका कारण बाध्य भएर विदेश जानुको पीडा एकातर्फ छ भने विदेश गएपछि अकालमै मृत्यु हुनु र घाइते हुनुको पीडा झनै भयाबह छ । पछिल्ला तथ्याँकको आधारमा  दैनिक रुपमा झन्डै दुईवटा शव नेपाल भित्रिने गरेको पाइन्छ ।

कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा छोटो अवधिभित्र नै  ३ सय १८ वटा शव विदेशमा अलपत्र रहेका थिए । तर गएको सातादेखि चार्टर उडानमार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने सरकारको नीति अनुरुप ति शवलाई पनि नेपाल ल्याउने क्रम सुरु भएको छ ।

शुक्रबारसम्ममा ४० वटा शव नेपाल ल्याइसकेको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३ सय १८ जनामा १ सय १४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

यस बाहेक अझै १ सय ६४ शवको व्यवस्थापन गर्न  बाँकी नै रहेको छ ।  उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट अर्बौं रेमिट्यान्स भित्रिए पनि उनीहरुको बारेमा भने सरकार मौन रहँदै आएको छ ।

वर्षेनी लाखौँ नेपालीहरु रोजगारीका लागि विदेश जाने गर्दछन । तीमध्ये कतिपयले ज्यान गुमाउने , कतिपय घाइते हुने, कतिपय अस्पतालमा मृत्युसंग लडिरहेका छन् भने कतिपयले जेलमा यातना भोगिरहेका छन् । तेस्तै बेरोजगारीको पीडा भोग्न बाध्य नेपालीको संख्या पनि उत्तिकै रहेको छ ।

सैयौंको संख्यामा जेल जीवन बिताइरहेका नेपालीमध्य कतिपय आजीवन कारावासको सजाय भोगिरहेका छन् । झन्डै डेढ दर्जन जतिलाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ । सबैभन्दा बढी नेपालीहरु मलेशियाको जेलमा रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित