कोरोनाको उपचारको लागि ‘डेक्मिसाथासोन’ निकै प्रभावकारी

काठमाडौँ, असार २ गते । कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर भएका बिरामीका लागि जीवन दिने एउटा सस्तो र सर्वव्यापी रुपमा उपलब्ध हुने औषधि उपयोगी हुने प्रमाणित भएको छ । बेलायती विज्ञहरूका अनुसार ‘डेक्मिसाथासोन’ स्टेरोइडको थोरै खुराक कोरोनाभाइरस बिरामीको उपचारमा महत्वपूर्ण सफलता लिएर आएको छ ।

कोरोनाभाइरसको उपचारमा उपयोगी हुन सक्ने सम्भावनाका बीच डेक्जामिथेसोन विश्वकै सबैभन्दा ठूलो ट्रायल परीक्षणको क्रममा रहेको छ । डेक्जामिथेसोनको प्रयोगले कोरोना सङ्क्रमणले भेन्टिलेटरमा रहेका बिरामीमा एक तिहाइले मृत्युको जोखिम टार्नेछ । अक्सिजन लिने बिरामीमा मृत्युको जोखिम करिब २० प्रतिशतले घटाउनेछ ।

विज्ञहरूका अनुसार डेक्जामिथेसोनको कोरोना सङ्क्रमितमा प्रयोग गरिएको भए बेलायतमा करिब पाँच हजार बिमारीको ज्यान बचाउँ  सकिन्थ्यो । विपन्न राष्ट्रहरूमा यसको प्रयोगले कोभिड–१९ का बिरामीमा अत्यन्तै फाइदाजनक हुने बताइएको छ ।

डेक्जामिथेसोनको प्रयोगले प्रत्येक २० जना बिरामीमध्ये १९ जनालाई अस्पताल नै नपुर्याइ निको भएका छन् । अस्पतालमा भर्ना भएपनि अधिकांश निको भए । तर केहीमा भने अक्सिजन वा मेकानिकल भेन्टिलेटसनको आवश्यकता पर्यो । उच्च जोखिममा रहेका बिरामीमा डेक्जामिथेसोनको प्रयोग अत्यन्तै उपयोगी सिद्ध भएको पाइयो ।

उक्त औषधि यसअघि सूजन घटाउन प्रयोग गरिँदै आएको छ । कोरोनाभाइरससँगै लड्दा शरीरको प्रतिरक्षा प्रणाली अत्यधिक खर्च हुँदा डेक्जामिथेसोनले त्यसबाट हुने क्षति रोक्न सहयोग गर्छ । शरीरले अत्याधिक प्रतिक्रिया जनाउनुलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको ट्रायलमा डेक्जामिथेसोन दुई हजार अस्पतालमा भर्ना भएका कोरोनाभाइरसको बिरामीमा प्रयोग गरियो । त्यसैगरी चार हजार जनालाई उक्त औषधि दिइएन । “भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिम ४० देखि २८ प्रतिशत घटाउने देखियो, अक्सिजन आवश्यक हुने बिरामीमा २५ देखि २० प्रतिशतसम्म मृत्युको जोखिम घटाउँछ ।” प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पिटर होर्बीले बताउनुभयो ।

“डेक्जामिथेसोन मृत्युदर घटाउने एकल औषधि हो, र यसले महत्वपूर्ण परिमाणमा मृत्युदर घटाउनेछ । कोरोनाविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।” उहाँले थप्नुभयो । अनुसन्धानको नेतृत्व गर्नुभएका प्राध्यापक मार्टिन लैण्ड्रेले भेन्टिलेटरमा रहेका प्रत्येक आठ जना बिरामीलाई बचाउन सकिने बताउनुभयो ।

“यसले अत्यन्तै स्पष्ट फाइदा पुर्याएको छ, डेक्जामिथेसोनको दश दिनसम्म प्रयोग गर्दा बिरामी निको हुन्छ । जीवन बचाउन औषधिमा लाग्ने खर्च करिब ३५ यूरो हुन आउँछ । यो औषधि विश्वभरि पाइन्छ ।” लैण्ड्रेले खुलाउनुभयो । उहाँ अस्पतालले कोरोनाभाइरसका जटिल बिरामीमा डेक्जामिथेसोनको प्रयोग गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।

तर व्यक्तिले आफैँ खरिद गरी उक्त औषधिको प्रयोग जथाभावी गर्न नहुने उहाँ सुझाउनुहुन्छ । तर डेक्जामिथेसोनको प्रयोग श्वास लिन कठिनाइ नहुने बिरामीमा भने उपयोगी हुने छैन । गत मार्च महिनादेखि उक्त औषधिको ट्रायल हुँदैआएको थियो ।

एन्टीभाइरल औषधि रेम्डीसिभिर भने यसअघिदेखि नै छिटो निको हुन प्रयोगमा ल्याइएको छ । इबोला भाइरसविरुद्ध रेम्डीसिभिर प्रयोग गरिएको थियो । तर रेम्डीसिभिरको प्रयोगले मृत्युदर घटाउने पर्याप्त प्रमाण अझै फेला परेको छैन । पन्ध्र दिनमा निको हुने बिरामीमा रेम्डीसिभिरको प्रयोगले ११ दिनमा निको बनाउँछ ।कोभिड–१९ को मृत्युदर घटाउन प्रयोग हुने उक्त औषधि नयाँ भने होइन । “यो उत्सव मनाउने बेला हो, किनभने यसको व्यापक पहुँचले विश्वभरि प्रयोगमा ल्याउन सकिनेछ ।” होर्बीले बताउनुभयो ।

डेक्जामिथेसोन करिब सन् १९६० देखि प्रयोगमा ल्याइएको औषधि हो । आस्थमा, अर्थराइटिस र रहुमेटोइडका बिरामीमा डेक्जामिथेसोन प्रयोग हुन्छ । आइसीयुमा रहेको बिरामीको शिराभित्र उक्त औषधि दिइन्छ । तर कम जोखिममा रहेका बिरामीमा भने उक्त औषधि टेब्लेटको रुपमा दिन सकिनेछ ।

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित