गोर्खा अनलाइन रेडियो
जीवन के गाउँले
लन्डन अहिले विश्वमा कोरोना भाइरसले आतंक मच्चाएको बेला बेलायतवासी नेपालीहरु पनि अछुतो छैनौं । सबैको मनमा डर, त्रास र कतिपय त यसबाट संक्रमित पनि छौं होला । नेपालबाट बेलायत उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु अहिले कोरोनाको चपेटामा परेका छन । हाल सम्म मैले देखेको मध्यमा विदेशिएका हामी सम्पूर्ण नेपालीहरू ९९% मध्यमवर्गीय नैं छौं । विगतका दिनमा हामी सबै तेहि स्टेज पार गरेर आएको हुँदा अतीतलाई कहिले पनि बिर्सन हुँदैन ।
हिजको दिनमा तिनै बिधार्थी आय श्रोत थिए, भने कति रंगत,पसीना चुस्ने ब्वाँसो बनेका थिए । कुरा आयो नेपालबाट आउदा देखाएको बैंक ब्यलेन्स, यदि तपाई हामी यहाँ नभएर नेपालमैं भएको भए, जसरी विदेशिएका आम विद्यार्थीले गरेका छन त्यसरी नैं गरिन्थ्यो । हामी बेलायती नेपालीको छोराछोरीहरूले उच्च शिक्षा लिदा ९५-९९% स्टुडेन्ट लोनमैं पढदछौं फरक यति हो,यहाँका विद्यार्थीलाई सरकारले ऋण दिन्छ नेपाल बाट आएकाले आफै कमाएर तिर्छन ।
त्यसैले नेपालबाट पढन आएका विद्यार्थीहरुलाई घृणा हैन, सकिन्छ सहयोग गरौं सकिदैन हौंसला दिऊ । बेलायतमा ३०० भन्दा बढी संघसंगठनहरू छन विद्यार्थीप्रति तेती धेरै कसैको अग्रसरता देखिदैन । नेपालीको छात्ता संगठन कसलाई भन्नु बिधार्थी कुनै संगठनमा अटाउदैनन् । दु:ख पाएका बिधार्थीहरु ठूलो आशा बोकेर बसेका हुन्छन, तर उनीहरु छाहारी बिनाको रूख जस्तै हुन्छन ।
हाम्रा बेलायती समाजसेवीहरू भाषण र फेसबुकका भित्ताहरूमा ठूला कुरा गर्छन तर व्यवहारमा भने कमैले मात्रामा लागू गर्ने गर्दछन । खोक्रो समाजवादी हुन सबैलाई मन लाग्छ वास्तवमा सहयोग गर्ने धेरै कम हुन्छन । तसर्थ दु:ख पर्दा सकिन्छ सबैलाई सहयोग गरौं भविस्य कसैले देखेको हुँदैन, पालो सबैलाई आउन सक्छ सेवा र सहयोगी मन बोकेर अगाडी बढ्नु नै सबैभन्दा उत्तम हुनेछ ।
(आफ्नो १२ बर्षको बेलायत बसाईका क्रममा भोगेका भोगाई र देखाइलाई शब्दमा उतार्ने प्रयास गरेको हो कसैसंग मेल खान गएमा क्षमा चाहन्छु ।)