Home > Audio > बेलायती प्रधानमन्त्री मेको ब्रेक्जीट प्रस्ताव अस्वीकृत, इतिहासकै लज्जास्पद हार,

बेलायती प्रधानमन्त्री मेको ब्रेक्जीट प्रस्ताव अस्वीकृत, इतिहासकै लज्जास्पद हार,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
युरोपियन युनियनबाट बेलायतको बाहिरिने समयसीमा नजिकिंदै गर्दा प्रधानमन्त्री टेरेजा मेले इतिहाँसमै लज्जास्पद हार बेहोर्नुपरेको छ । मंगलबार सांझ भएको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदबाट भारी मतले अस्वीकृत भएको छ । प्रधानमन्त्री टेरेजा मेको प्रस्तावका विपक्षमा ४३२ मत परेको छ भने पक्षमा जम्मा २०२ मतमात्र परेको छ । राजनीतिलाई फोहोरी खेलको संज्ञा दिने गरिन्छ, सोहि अनुरुप सत्तारुढ कन्जरभेटिभ पार्टीका १ सय १८ जनाले प्रधानमन्त्री मेको प्रस्ताव विरुद्ध मतदान गरेरका थिए । बेलायतको इतिहासमा नै सरकारका तर्फबाट ल्याएको प्रस्ताव यति ठूलो भारी मतान्तरले अस्वीकृत भएको यो पहिलो पटक हो । सन् १९२४ मा सरकारी प्रस्ताव १६६ मतान्तरले अस्वीकृत भएको थियो ।

यस घटनाले ब्रेक्जीटको भविष्यको मात्र हैन प्रधानमन्त्री मेको भविष्य पनि अन्योल बन्न पुगेको छ । तत्कालै लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ । अविश्वासको प्रस्ताव पारित हुने सम्भावना कमै भएपनि सतारुढ दलका सदस्यले नै सहयोग नगरेको खण्डमा भने परिस्थिति जटिल बन्ने देखिन्छ । करिब अढाइ वर्षअघि २३ जुन, २०१६ मा भएको जनमत संग्रहमा ५१ दशमलव ८९ प्रतिशत जनताले बेलायत ईयूबाट अलग्गिनुपर्ने र ४८ दशमलव ११ प्रतिशतले ईयूमै रहनुपर्ने पक्षमा मत जाहेर गरेका थिए। बाहिरिने पक्षको जित भएपछि तत्कालीन समयमा प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि मेले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन् ।
फोटो साभार अनलाइन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1