Home > Programs > Gurkha News (page 2)

Gurkha News

मुक्तिनाथ हिँडेको बस दुर्घटना; सात घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया …

Read More »

नदीमा हाम फालेर मृत्यु

दार्चुला, महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल …

Read More »

दीपक मनाङे पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । ‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो …

Read More »

दुर्घटनापछि त्रिभुवन विमानस्थल अवरुद्ध

काठमाडौं । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् । विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो । …

Read More »

घरमा आगलागी हुँदा चार लाख क्षति

बाजुरा-बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ । विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त …

Read More »

हराएको एक महिनापछि भेटियो शव

नुवाकोट-किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । शवको जिल्ला अस्पताल …

Read More »

सिंहमहल कसरी बन्यो राष्ट्रबैंक ?

काठमााण्डौ-वि.सं. १९४२ को शमसेर राणाहरुको विद्रोह अगाडि यो दरबार थापाथली दरबारकै एक भागको रुपमा ंरहेको थियो । चन्द्र शमसेर सत्तामा आएपछि सिंहदरबार सरेर यो दरबार छोरा सिंह शमसेरलाई हस्तान्तरण गरे । यो दरबार त्यसपछि सिंहमहलको नामले चिनिन थाल्यो । वि.सं. १९९० को महाभूकम्पले महललाई क्षति पु¥याएपछि यसलाई पुन ः निर्माण …

Read More »

सिंहदरबारभित्रै टेलिफोन लाइन काटियो

काठमाण्डौ-सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन …

Read More »

पूर्वरजिष्ट्रार श्रेष्ठको निधनको शोकमा त्रि.वि. आंगिक क्याम्पस र कार्यालयहरु बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो । श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आजको विदाबारे जानकारी दिएको हो …

Read More »

राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग

दाङ-नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ । मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व …

Read More »

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्ने धम्की

काठमाडौं : यातायात व्यवसायीले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्ने धम्की दिएका छन्। गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता भएका यातायात समितिले सरकारी निर्णयको विरोधमा सवारी ग्यारेजमा थन्क्याउनेदेखि अनिश्चितकाल सवारी नचलाउने निर्णय गर्दै सरकारलाई धम्क्याएका हुन्। यातायाता व्यवसायी महासंघको संयुक्त आन्दोलन समितिले बुधबार पत्रकार सम्मेलन गरी विरोधका …

Read More »

मनोज पुनसँग हत्यामा संलग्न भएको आरोपमा नेता तथा व्यवसायी पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) बुटवल। प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ …

Read More »

मिटरमा चलाउन नमान्ने ट्याक्सीलाई कारबाही

काठमाण्डौ-महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा …

Read More »

आँधीहुरीमा दुईको मृत्यु

गौशाला, गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा …

Read More »

गाडीको ठक्करबाट एकको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) दाङ-गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई …

Read More »

आज अक्ष्य तृतीया ;जौको सातु र सर्वत खाएर मनाइँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन …

Read More »