Home > Programs > Gurkha News (page 14)

Gurkha News

कर्नेल लामाको मुद्दाको सुनुवाई आउँदो जुनमा हुने

लन्डन । युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाइ आगामी जुन महिनामा हुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बुधबार बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर भेटका क्रममा नेपाली सेनाका बाहलवाल कर्णेल कुमार लामालाई रिहाईको माग गरे पछि मन्त्री स्वायरले लामाको सुनुवाइ …

Read More »

लन्डन दूतावासमा भूकम्पको स्मरण गर्दै सहयोगीप्रति आभार प्रकट

लन्डन, गत वर्ष नेपालमा गएको विनासकारी भूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार जनाले ज्यान गुमाएका थिए भने करीब २३ हजारभन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हुन त …

Read More »

बेलायतको लेस्टरमा नेपालीको घर जलेर ध्वस्त

लन्डन । बेलायतको लेस्टरमा बस्दै आएका एक नेपाली परिवारको घर जलेर सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि अहिले विचल्ली भएको छ । लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार अहिले शरणार्थी जस्तै छिमेकीको घरमा शरण लिइरहेको हो । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, …

Read More »

पर्वत वेलफेयर सोसाइटी यूकेद्वारा नयाँ वर्ष शुभकामना साँझ सम्पन्न

लण्डन । नेपालको पर्वत जिल्लाबाट बेलायत आई बसोवास गरेका पर्वतवासीहरुको संस्था पर्वत वेलफेयर सोसाइटी युकेको नयां बर्ष शुभकामना सांझ भव्य रुपमा सम्पन्न भएको छ । गत शनिबार अल्डरसटमा सम्पन्न उक्त शुभकामना साँझ बाषिर्क भेटघाट कार्यक्रममा प्रमुख अतिथि युएनडीपीका असिस्टेण्ट कण्ट्री डाईरेक्टर यामनाथ शर्मा, एनआरएन युरोपका संयोजक कुल आचार्य, एन आर …

Read More »

भूकम्प पीडितको कथा व्यथाले समेटिएको नाटक “समय दृश्य” बेलायतमा मन्चन

लन्डन, यही अप्रिल २३ तारिखका दिन रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटि सेन्टरमा भूकम्प पीडितहरुको कथाव्यथामा आधारित नाटक समय दृश्यको मन्चन गरिएको थियो । नेपाल पत्रकार माहासंघ यूके शाखाका अध्यक्ष्य नरेश खपांगीको प्रमुख आतिथ्यमा मन्चन गरिएको उक्त नाटक फस्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेप्लिज आर्टिष्ट सोसाइटीको सहयोगमा प्रस्तुत गरिएको …

Read More »

बेलायतको लागि नेपाली राजदूतमा दुर्गाबहादुर सुवेदीको नाम सिफारिस

लन्डन, लामो समयदेखि बेलायतमा रिक्त रहेको राजदूतको पद अब पूर्ति हुने भएकोछ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अहिले सम्मकै सबैभन्दा ठूलो संख्यामा विभिन्न देशहरुका लागि एकैचोटी राजदूतहरुको नियुक्तीको लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अन्तर्गतको नामावली यस पकार रहेकोछ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा …

Read More »

गोर्खा रेडियो शुभकामना साँझ २०७३ मा गोर्खा रेडियोको तर्फबाट स्वागत तथा शुभकामना

लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन …

Read More »

के कम छन् र नेपाली चेलीहरु पनि ?

लन्डन, यदि मानिसमा जोस, जाँगर र लगनशीलता छ भने ढिलो चांडो उसले सफलता पाएरै छाड्छ । कहिंलेकाही हुने असफलताबाट हरेस खाने र तेसैलाई जिन्दगीको अन्तिम प्रयास ठान्ने हो भने पक्कै पनि अघि बढ्न सम्भव हुदैन । त्यस्तै बेलायतको डुरामस्थित सुपरड्रग स्टोरमा कार्यरत एकजना नेपाली महिलालाइ उदाहरण र प्रेरणाको रुपमा लिन …

Read More »

नेपाली साहित्य विकास परिषद् यूकेद्वारा पत्रकार नवीन पोख्रेल सम्मानित

लन्डन, नेपाली साहित्य विकास परिसद यूकेद्वारा बेलायतमा एक दशकदेखि पत्रकारिता गर्दै आएका बेलायतस्थित कान्तिपुर सम्वाददाता नवीन पोख्रेल सम्मानित भएकाछन । उक्त संस्थाले नयाँ वर्ष २०७३ का अवसरमा सदाझैँ यो बर्ष पनि पुरस्कार, पदक तथा सम्मान स्वरूप ११ अप्रिलमा वम्ली तन्दूरी रेस्टूरेन्टमा एक समारोहको आयोजना गरेको छ । साहित्यकार गोपाल पराजुलीले …

Read More »

शिव परे फेसबुकको जालमा , हेमन्तको महँगो मायाँ अनि प्रियेंकाको जवानी सक्किगो नि,

लन्डन, नेपाली नयाँ वर्ष वि.स.२०७३ आइपुग्नै लागिसकेकोछ,नयाँ वर्षको रौनक नेपालमा मात्र हैन विदेशमा झन् बढ्दोछ । वास्तवमा भन्ने हो भने नेपालमा भन्दा विदेश तिर पो झन् रमझम बढेकोछ । नेपाली कलाकारहरु धमाधम नयाँ वर्षको कार्यक्रम प्रस्तुत गर्न भनेर त्रिभूवन अन्तरास्ट्रिय विमानस्थलबाट नेपाललाई वाई वाई गर्दै विदेशतिर लागिरहेकाछन । यस्तैगरी बेलायत …

Read More »

गोर्खा रेडियो शुभकामना साँझ २०७३ भव्यताकासाथ सम्पन्न

लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन …

Read More »

सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेशनल यूकेको अध्यक्षमा डा. तेजेन्द्र फेराली

लन्डन, करिब नौ वर्ष अघि दक्षिण पूर्वी लण्डनको प्लमस्टेडमा गठन गरिएको सोसाइटि अफ नेप्लिज हाइलि स्किल्ड प्रोफेशनल यूके हाल नेपाली समाज वेलायत भित्र चिरपरिचित नाम बनिसकेकोछ । स्थानीय नेपाली समाजका विभिन्न संघ संस्थाहरुलाई विभिन्न तरिकाले हातेमालो गर्दै हिडेको यस संस्थाले खासगरि गतसाल नेपालमा गएको विनासकारी भूकम्पमा लण्डन स्थित नेपाली राजदूतावासलाई …

Read More »

बेलायतमा एक पाउण्डको नयाँ सिक्का आउने

लन्डन, बेलायतमा हाल प्रचलनमा रहेको गोलो आकारमा रहेको एक पाउन्डको सिक्का अब धेरै समयसम्म रहने छैन । तीन दशकभन्दा बढी समयसम्म प्रचलनमा रहेको उक्त सिक्काको नक्कली धेरै आउन थालेपछि नक्कल गर्नेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ सिक्क्लाई प्रचलनमा ल्याउन लागिएको हो । नयाँ आउने सिक्कामा १२ओटा पाटाहरु हुनेछन् जुन संसारकै सुरक्षित …

Read More »

क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न अध्यक्ष्यमा कुँवर निर्विरोध

लन्डन, यही अप्रिल २ तारिख शनिवारका दिन बेलायतबासी नेपालीहरुको हकहितका लागि सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन भव्य रुपमा सम्पन्न भएकोछ । बेलायतको रेडिंगमा भएको उक्त अधिवेशनको उद्घाटन समाजका सम्रक्षक ध्रुव के.सी. र समाजकै अध्यक्ष्य प्रेम खड्काद्वारा सयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो । संस्थाका अध्यक्ष …

Read More »

मगर संघ यूकेको अध्यक्ष्यमा नेम थापा मगर विजयी

लन्डन । हालै भएको यूके मगर संघको पाचौं अधिवेशनबाट नेम थापा मगर सहितको टोली निर्वाचित भएको छ । आइतवार दुई प्यानलमा भएको निर्वाचनमा थापाले १९१ मत प्राप्त गरि विजयी भए । अर्का उम्मेदवार श्रीमती हिमाली राना मगरले ६० मत पाइन् । उपाध्यक्षमा बम थापाले २०५ र सिता मगर १७३ मत …

Read More »

भूकम्प पीडितको लागि रोसनाद्वारा ३ लाख संकलन

लन्डन । लन्डनस्थित अक्सब्रिज बस्ने रोसना गुरुङले भूकम्प पीडितका लागि २ हजार ७४ पाउण्ड ४ पेन्स् (करिब ३ लाख २० हजार रुपैयाँ) जम्मा गरेकी छन् । गुरुङको सकृयतामा जम्मा भएको साे रकम आज लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेकी छन् । सहयोग रकम बुझ्दै नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोलले प्रधानमन्त्री …

Read More »