Monday , February 19 2018
Home > Featured (page 10)

Featured

आठौं गोर्खा भीसी कप मे २० का दिन लन्डनस्थित फेल्थममा हुदै

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन, प्रत्यक वर्ष बेलायतमा आयोजना हुँदै आएको गोर्खा भीसी कप यस पटक पनि यही मे २० तारिख शनिबारका दिन लन्डनस्थित स्प्रिंगवेल्स एकेडेमी (फेल्थाम कम्युनिटी कलेज)मा हुने भएकोछ । गोर्खा नेपलिज कम्युनिटी हंस्लोको सयोजकत्वमा हुने उक्त फुटबल नेपाली संघसंस्थाका प्रतिनिधि खेलाडी लगायत स्थानीय …

Read More »

१५औं गोर्खा कप मे २८ का दिन क्विन्स एभिन्यूमा हुँदै

लन्डन, हरेक वर्ष बेलायतमा आयोजना हुँदै आइरहेको १५औँ गोर्खा कप २०१७ आउँदो मे २८ तारिख आइतबारका दिन अल्डरसटस्थित क्विन्स एभिन्यूमा हुने भएको छ । तमुधिं यूकेको आयोजनामा हुन लागेको गोर्खा कपमा भ्याट्रन र ननभ्याट्रन गरी दुई श्रेणीमा विभाजन गरिएको छ । विजयी खेलाडीलाई ननभ्याट्रन तर्फ प्रथम र द्वितीय हुनेलाई क्रमश …

Read More »

नेपालका असहाय बालबालिकाको लागि च्यारिटी डिनर साँझ

लन्डन, बेलायतमा बसेर आफ्नो फुर्सदको समयलाई समाज सेवामा लागउने थुप्रै नेपालीहरू मध्ये रीता पर्ल परियार पनि एक हुन् । नेपालस्थित एक संस्था “जिम्मेवार युवा नेपाल”द्वारा संरक्षणमा रहेका अनाथ बालबालिकाहरुको सहयोगार्थ रिताले आउँदो मे १४ तारिखका दिन एक च्यारिटी डिनरको आयोजना गरेकी छन् । लन्डनको साउथ ह्यार्रोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा हुन लागेको …

Read More »

सफलता हाँसिल गर्न मिहिनेत, विश्वास, धैर्यता र सुन्दर भावना हुनुपर्छ – इशा गुरुङ

Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, यदि कसैसँग मानवीयता र सेवाको भावना छ भने उसले अरुको दुखलाई आफ्नै दुख सरह ठान्ने गर्दछ । त्यस्तै बेलायतमा बसोवास गर्दै आएकी एक समाजसेवी इशा गुरुंगले फेसबुकमा राखिएको स्टाटसको भरमा पनि रकम संकलन गरी सहयोग पुर्याउदै आएकी छन् । भर्खरै मात्र इशाले भारतको …

Read More »

नायक ध्रुब दत्तको पहलमा संकलित रकम कलाकार क्षेत्रीलाई हस्तान्तरण

लन्डन,बेलायत निवासी नायक ध्रुव दत्तको पहलमा बरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । उक्त संकलित रकम बिहीबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा सन्चारकर्मी राजन घिमिरे र बेलायत मै बस्दै आएका नाट्यकर्मी सनमकुमार बैरागद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । …

Read More »

लण्डनमा नाटक “जीगिषा” को पुन प्रदर्शन गरिंदै

Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, फस्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा नेपाली नाटक “जीगिषा” जित्ने इच्छालाई इन्टरनेशनल नेप्लिज फिल्म एकेडेमी (इन्फा) को आयोजनामा आउँदो जुन महिनाको ३ तारिखका दिन लन्डनस्थित साउथ ह्यार्रोमा र जुन ४ तारिखका दिन अल्डरसटमा पुन प्रस्तुत हुने भएको छ । उक्त …

Read More »

लण्डनको मुख्य केन्द्रबाट बुद्ध नेपालमा जन्मेको संदेश विश्वसामू

Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, शान्तिका प्रतिक गौतम बुद्धको २५६१औं जन्मोत्सवको अवसर पारेर करिब ५०० जना जति बेलायतवासी नेपालीहरुले लन्डनको केन्द्र मानिने “ट्राफलगर स्क्वाएर”मा एक भव्य कार्यक्रम गरेर बुद्धको जन्मस्थान नेपाल मै भएको सन्देश विश्वसामू पुर्याउने प्रयास गरेका छन् । विभिन्न मुलुकका व्यक्तिहरुको ओइरो लाग्ने ट्राफलगर स्क्वाएरमा नेपाली …

Read More »

आज लण्डनको केन्द्रमा बुद्ध जयन्ती मनाइँदै

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन, आज मे ७ तारिखका दिन साँझ साँझ ६ बजेदेखि राती ९ बजेसम्म लण्डनको केन्द्रमा रहेको ट्राफलगर स्क्वायर ( WC2N 5DN, London ) मा दीप प्रज्वलन गरी बुद्ध जयन्ती मनाइने भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन …

Read More »

नेपाली मूलका पहिलो व्यक्ति बेलायती संसदमा उमेद्वार

Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, तनहुँ जिल्लाको कमला बारीमा जन्मिएका डा. बच्चु कैलाश कैनी नेपाली इतिहाँसमै पहिलोपटक बेलायती संसदमा चुनाव लड्दै छन् । आगामी जुन ८ मा बेलायतमा हुन् गैरहेको संसदीय निर्वाचनमा बेलायतस्थित डाटफोर्ड काउन्सिलबाट डा. कैनी उमेद्वार चयन भएका हुन् । यस अघि पनि उनी सन् २०१५मा …

Read More »

अधुरै रह्यो शेरचनको सपना

Listen Gurkha Radio ( गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, विश्व कीर्तिमान कायम राख्नको लागि सगरमाथा आरोहण गर्न लागेका ८६ वर्षीय मीन बहादुर शेरचनको आरोहणका क्रममा एभेरेष्ट वेसक्याम्पमा मृत्यु भएको छ । सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ जादै गर्दा मुलुकमा आएको महाभूकम्पका कारण आरोहण स्थगित भएको थियो …

Read More »

डेनमार्कमा राजमानको “उत्सव” सार्वजनिक

गोर्खा रेडियो, डेनमार्कमा बस्दै आएका राजमान तामांगले आफ्नो पहिलो सांगीतिक सौगातको रुपमा गीति एल्बम “उत्सव” बजारमा ल्याएका छन् । ६ ओटा गीतहरू समावेश गरिएको उक्त एल्बमको “पूर्वमा धरान राम्रो” र “हल्का हल्का नजर ” बोलका दुई गीतहरुको म्यूजिक भीडियो पनि सार्वजनिक भैसकेको छ । युवराज वाइवाद्वारा निर्देशन गरिएको पूर्वमा धरान …

Read More »

हंगकंगमा बनेको चलचित्र “द प्लान” अब युट्युबमा

गोर्खा रेडियो, बेलायतमा बसेर नेपाली कला क्षेत्रमा योगदान पुर्याउँदै आएका नायक ध्रुव दात्ताद्वारा अभिनित पहिलो चलचित्र “द प्लान”लाई हाइलाइट्स नेपालले युट्युब सार्वजनिक गरेको छ । प्रविन बराईलीले निर्देशन छायांकन र सम्पादन गरेको यस चलचित्रलाई कृष्ण बहादुर लाम्गादेले निर्माण गरेका हुन् । त्यस्तै गरी लेखक्द्वयमा प्रविन र दिप मग्रातिरहेका छन् चलचित्रमा …

Read More »

प्रवासी नेपालीहरुलाई मताधिकारबाट बन्चित नगर्न -एनआरएनएद्वारा विज्ञप्ति

लन्डन, नेपाल र नेपालीहरूको लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका प्रवासी नेपालीहरूलाई नेपाल सरकारको तर्फबाट मतदान गर्ने अधिकारबाट बन्चित गरिएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । प्रवासमा दुख र परिश्रम गरेर कमाएको रकमले घर परिवार लगायत देशमा पर्ने अनेकौं …

Read More »

भूपू सैनिकका सन्ततिहरुको आवासीय भिसा सम्बन्धी “होवे एण्ड को” द्वारा जारी प्रेस विज्ञप्ती – भीडीयो सहित

लन्डन, भूतपूर्व गोर्खा सैनिकका सन्ततिहरूलाई बेलायतमा आवासीय भिसा दिइनुपर्ने सम्बन्धमा केही दिन अघिमात्र गोर्खालीहरुको पक्ष्यमा फैसला भएको थियो । २८ अप्रिलका दिन रोयल कोर्ट अफ जस्टिसमा जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले गोर्खालीहरुको पक्ष्यमा फैसला सुनाएको थियो । उक्त मुद्दा भूतपूर्व गोर्खा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले दायर …

Read More »

आज विश्व मजदुर दिवस

सुजन पराजुली, आज मे महिनाको पहिलो दिन अर्थात मजदुर दिवस, विश्वभरीका मजदुरहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि सरकार तथा रोजगारदाता कम्पनीहरुलाई दबाब तथा चेतना दिने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी एक विशेष पर्वको रुपमा श्रमिक दिवस मनाउने गर्दछन । सर्वप्रथम सन् १८८६मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा …

Read More »

शिव परियारको “पिलायो साथीले” अब रिमिक्स भर्सनमा

गोर्खा रेडियो, नेपाली सांगीतिक धरातलमा लामो समयदेखि लोकप्रिय बन्दै आएका गायक शिव परियारको निकै चर्चित गीत “ पिलायो साथीले” बोलको गीत भर्खरै मात्र रिमिक्स भर्सनमा सार्वजनिक भएको छ । उनको पछिल्लो एल्बम शिवालयमा समेटिएको उक्त गीतको शब्द निहारीका लक्ष्मी शाहीको रहेको छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका हुन् । …

Read More »