Home > Blog > Notice

Notice

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, …

Read More »

प्रवासी नेपालीले गरे मोटरबाटो निर्माण

बेनी, म्याग्दी- म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी …

Read More »

त्रिभुवन बिमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

काठमाडौँ। मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सारेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए। मालिन्दो एयरको उक्त जहाज …

Read More »

कसरी बन्यो शीतल निवास ?

काठमाण्डौ -चन्द्र शमसेरले आफ्नी जेठी बडामहारानीका कान्छा छोरा मेजर जनरल कृष्ण शमसेरको निमित्त तोकिदिएको शीतल निवासलाई वि.सं. १९९० सालको महाभुकम्पले निकै क्षति पु¥यायो । भत्केको यस दरबारलाई कृष्ण शमसेरले आधुनिक तरिकाबाट पुनर्निर्माण गराउन लगाए । वि.सं. २००५ सालमा उनका दाजुहरु मोहन शमसेर ,बबर शमसेर र भाइ शंकर शमसेरले अनेक किसिमका …

Read More »

मुक्तिनाथ हिँडेको बस दुर्घटना; सात घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया …

Read More »

नदीमा हाम फालेर मृत्यु

दार्चुला, महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल …

Read More »

दीपक मनाङे पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । ‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो …

Read More »

सिंहदरबारभित्रै टेलिफोन लाइन काटियो

काठमाण्डौ-सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन …

Read More »

राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग

दाङ-नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ । मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व …

Read More »

आँधीहुरीमा दुईको मृत्यु

गौशाला, गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा …

Read More »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ । गोर्खा …

Read More »

शाक्य हत्याकाण्डमा १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

विराटनगर । ३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् । सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ …

Read More »

भवन करोडको शिक्षकको अभाव

बाग्लुङ-शारिरीक अपांगता भएका बालबालिकालाई राखेर पढाउन विद्यालय भवन बनेको ३ महिना बितिसक्दा पनि जिल्लाको विद्यालयमा शिक्षक दरबन्दी दिइएको छैन । रामरेखा आधारभूत विद्यालयमा प्लान नेपालले ¥याम र छात्रावास सहितको भवन बनाईदिएपनि श्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालकी प्रअ गीता शर्माले बताईन् । विद्यालयमा श्रोत शिक्षक नभए अपांग बालबालिका …

Read More »

महायज्ञबाट ६ करोड ३९ लाख आम्दानी

पोखरा-सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट रु छ करोड छ लाख ५४ हजार ४०७ बचत भएको छ । बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले रु छ करोड ३९ लाख …

Read More »

दाइजोको निहुँमा गर्भवती महिलालाई कुटपिट गरी घरनिकाला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) बुटवल । दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् । रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो । मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन् । …

Read More »

पत्रकार महासंघ मकवानपुरले ग¥यो अक्षयकोष स्थापना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) हेटौँडा -नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ । कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गर्नुभयो । कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय …

Read More »