Monday , June 26 2017
Home > Blog

Blog

शर्मिला र सपनको मनभित्र सुटुक्क टंक र अन्जु बस्नेत

गोर्खा रेडियो,बेलायतमा बसोबास गर्दै आइरहेकी लोकप्रिय गायिका शर्मिला बर्देवा र बेलायतलाई नै कर्मथलो बनाएर दशकौंदेखि मनोरन्जनको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका “सपन इन्टरटेनमेन्ट लिमिटेड” का प्रबन्ध निर्देशक समेत रहेका सपन कुमार राइद्वारा स्वरवद्द” मेरो मनमा” बोलको गीतको म्यूजिक भीडीयोलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको छ । बेलायतमा नै शुटिंग गरिएको उक्त ...

Read More »

गायक आनन्द कार्की उपराष्ट्रपतिद्वारा सम्मानित

गोर्खा रेडियो, विश्व संगीत दिवसको अवसर पारेर गरिएको एक कार्यक्रममा सदाबहार गायक आनन्द कार्की उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट सम्मानित भएका छन् । नेपाली कला, संस्कृतीको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको निरन्तर योगदान र सहयोगको कदर गर्दै गायक कार्कीलाई सम्मान गरिएको हो । बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा ...

Read More »

प्रबासी नेपाली मंच यूकेको चौथो अधिवेशनमा योगेश भट्टराई लन्डन आउँदै

लन्डन, यही आउँदो जुलाई २ तारिख आइतबारका दिन बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मंच बेलायतको चौथो अधिवेशन ह्यारो फुटबल क्लबमा हुने भएको छ । सो कार्यक्रममा भाग लिनको लागि नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रवाश बिभाग सह-इन्चार्ज युबराज कार्की प्रमुख अतिथि र अतिथिकोरुपमा ...

Read More »

बेलायतको रेडिंगमा २०४औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न

लन्डन, बेलायतको रेडिंगमा २०४ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ । GRNCAका अध्यक्ष्य कृष्ण न्यौपानेको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा विशेष अतिथिमा साहित्यकार कृष्ण पहारिरहेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई पुष्प गुच्छा र ब्याज ...

Read More »

एबर्डिनमा नेपाली भाषा संचालनको तीन वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम

शिव तिवारी, बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ वर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाली ...

Read More »

प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

लण्डन, प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका कमिटि चयन गरेको छ । कमिटिमा उपाध्यक्ष्य नारायण कंडेल र सचिब कृष्ण आचार्य चयन भएका छन ...

Read More »

हिमाल सागरले किन थाले धेरै मदिरा पिउन

गोर्खा रेडियो, “किन म आजभोलि यति धेरै पिउन थालें, विगतका ती पल सम्झी मदिरामै जिउन थाले” सदाबहार गायक हिमाल सगरको स्वरमा गाइएको एउटा निकै कर्णप्रिय आधुनिक गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्थक डिजिटल प्रा. लि.ले युट्युबमार्फत सार्वजनिक गरेको छ । “किन म आज भोलि” बोलको सो गीत जीवन पन्तको संगीतमा ...

Read More »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ससरफाइका लागि भवन भट्टद्वारा हस्ताक्षर

गोर्खा रेडियो, नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिचित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुहार फेर्ने भएको छ । विश्वभरिबाट नेपाल भ्रमण गर्न जाने जो कोहीको नजरमा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको बारेमा धेरै नकारात्मक अभिव्यक्तिहरू आइरहेका छन् । जुन कुरा विदेशी पर्यटकहरुलाई मात्र नभएर विदेशबाट जाने जो कोही नेपालीहरुलाई पनि महशुस नभएको भने ...

Read More »

मुना थापा मगर र ज्ञान राजको “रुन्छ मेरो मन”

गोर्खा रेडियो, मुना थापा मगर र ज्ञान राज पौडेलको स्वरको “रुन्छ मेरो मन” बोलको लोकदोहोरी गीत सार्थक डिजिटल प्रा.लि.ले भर्खरै मात्र आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ | “वर्षौं बिते, बिते दिन महिना, केही गरे नि म तिम्रो भइन” मार्मिक शब्दहरुद्वारा सजिएको उक्त गीतलाई यम थापा मगरले लय, शब्द ...

Read More »

“चञ्चले चुल्बुले” मा हिमाल सागर र श्रद्दाको रोमान्स

गोर्खा रेडियो, नेपाली सांगीतिक धरातलमा लामो समयदेखि निरन्तर रुपमा उदाउदै आइरहेका सदाबहार गायकहरू मध्ये हिमाल सागर अग्र पंक्तिमा पर्दछन । पछिल्लो समयमा विभिन्न किसिमका लोकप्रिय गीतहरू दर्शक स्रोताहरुमाँझ पस्कंदै आइरहेका छन् । भर्खरै मात्र उनको “चञ्चले चुलबुले” बोलको गीतको म्यूजिक भीडियो सार्वजनिक भएको छ । रोहन पौडेलको शब्द तथा गायक ...

Read More »

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे भव्यताका साथ सम्पन्न

अल्डरशट १० जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतिएको जन्म दिन को अवसर पारेर (भिक्टोरिया डे) बेलायतको अल्डरसटमा भव्यताका साथ् सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसँग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरी प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध ...

Read More »

बेलायतको निर्वाचन, भुइँको टिप्दा पोल्टाको पनि गुम्यो

लन्डन, बेलायतकी तत्कालीन प्रधानमन्त्री टरिजा मेद्वारा घोषणा गरिएको मध्यावधि निर्वाचन यही बिहीवार सम्पन्न भएको छ । तर निर्वाचन परिणामले उनको पार्टी सत्तारुढ कन्जरभेटिभले भैरहेको बहुमत समेत गुमाएर लज्जास्पद्को स्थिति सामना गर्नुपरेको छ । अहिले भएको निर्वाचनको परिणाम अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीले ३ सय १८ सिट हात पारेर पहिलो दलमा मात्र ...

Read More »

वाइन पारखी महिलाहरुको लागि आयो लेडिज ब्याग

गोर्खा रेडियो, वाइन पारखी महिलाहरुको लागि खुसीको खबर आएको छ, अर्थात वाइन बोकेर हिड्न मिल्ने खालको लेडिज ब्याग अर्थात हाते ब्यागको निर्माण भएको छ । द बेल्ला विटा नामक उक्त लेडिज ब्यागमा झन्डै डेढ लिटर राख्न सकिन्छ भने वाइन खन्याउनको लागि एउटा धारो पनि राखिएको छ । महिलाहरुको फेसनलाई मध्यनजर ...

Read More »

बन्ने भयो कपिलवस्तुमा बुद्ध बृद्धाश्रम

लन्डन, गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा झन्डै ७० लाख रुपैयाँ बराबरको लागानीमा तयार गर्न लागिएको बुद्ध बृद्धाश्रम बन्ने लगभग पक्का भएको छ । गत आइतवार बेलायतको प्लमस्टिडडस्थित एसियन कम्युनिटी हलमा बुद्ध फाउन्डेसन यूकेले आयोजना गरेको च्यारिटी डिनरमा ३३ हजार पाउण्ड अर्थात झन्डै ४४ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको छ । उक्त ...

Read More »

लण्डनमा फेरी आतंककारी हमला ६ जनाको मृत्यु

लन्डन । बेलायतको लन्डनको मुख्य केन्द्रविन्दु लन्डन ब्रिजमा पुन आतंककारी आक्रमण भएको छ । सोहि स्थानमा यसघि पनि सोहि प्रकारको हमला भएको थियो । सेतो भ्यानमा आएका तीन जना व्यक्तिहरुले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको प्रत्यक्ष्यदर्शीले बताएका छन् । घटनामा आधा दर्जनको मृत्यु भएको जनाइएको छ भने ...

Read More »

दूतावास र तमुधिंबीचको दुविधाको अन्त गर्दै प्रेस विज्ञप्ति – अडियो सहित

लन्डन, गत मे २८ तारिखका दिन सम्पन्न गोर्खा कपको अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई निमन्त्रणा गरिए पनि प्रमुख अतिथिको भूमिका नदिएर राजदूत एवं दूतावासको अपमान गरिएको भन्दै दूतावासद्वारा आयोजित एक कार्यक्रममा राजदूत सुवेदीली आक्रोश व्यक्त गरेका थिए । गोर्खा कपमा आफूलाई वडा अध्यक्ष्यभन्दा तल राखिएको र प्रोटोकल ...

Read More »