Saturday , February 24 2018
Home > Blog > एनआरएनए अध्यक्ष भट्टलाई गोर्खालीको सम्मान

एनआरएनए अध्यक्ष भट्टलाई गोर्खालीको सम्मान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

रुद्र ढकाल,

लन्डन । गोर्खाली समाज यूकेद्वारा गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टलाई सम्मान गरिएको छ । गोर्खाली समाज यूकेले मंगलबार सांझ अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष भट्ट सहित केन्द्रीय पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष भट्टले गोखार्ली समाजले गरेको परोपकारी कामको प्रशंसा गरेका थिए । उनले एनआरएनएको नयाँ कार्यसमितिले एनआरएन भवन, लाप्राक लगायतका परियोजनालाई प्राथामिकतामा राखेर काम गरेको जानकारी दिए । गोरखा जिल्ला समाज यूकेका अध्यक्ष जयप्रकाश गुरुङले अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, सह कोषाध्यक्ष सोम सापकोटा, डेपुटी रिजनल वुमन कोअर्डिनेटर संगीता मरहट्ठा लगायतलाई गुरुङले खादा लगाएर सम्मान गरेका थिए । बेलायतमा वर्षेनी दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेला आयोजना गरि सबैको मन जित्न सफल भएको बताए । उक्त कार्यक्रममा उपाध्यक्षद्वय पन्त र आचार्यले शुभकामना व्यक्त गर्दै आफूहरुले तमुधिं यूकेसंग नजिकबाट समन्वय गरि धेरै काम गरेको अनुभव सुनाए । गोरखाली समाज यूके अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार जयप्रकाश गुरुङ र उनको कार्यसमितिलाई धन्यवाद गरेका थिए । कार्यक्रम संचालन महासचिव विनय अधिकारीले गरेका थिए भने तिलकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …