Home > Blog > आउनै छाड्यौ सपनीमा भन्दै गायक हिमाल सागर

आउनै छाड्यौ सपनीमा भन्दै गायक हिमाल सागर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नरेन्द्र बस्नेत, गोर्खा अनलाइन रेडियो यूके,

“आउनै छाड्यौ सपनीमा माया घटायौ की, मलाई राख्ने मुटु भित्र पराई अटायौ की
दिलै कस्तो सितल हुन्छ सपनीमा भेटेदा, अधुरा ति मनका कुरा सपनी मै मेट्दा”

गायक हिमाल सागरको कर्णप्रिय आवाजले सजिएको ‘आँउनै छाड्यौं सपनीमा’ बोलको गीतको म्यूजिक भीडीयो सार्थक डिजिटलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । रबिन्द्र जोशीको शब्द रहेको यस गीतलाई अहिलेका युवा संगीतकार जीवन पन्तले संगीत दिएका छन् । आफ्ना गीतहरुमा आफै अभिनय गर्ने गायक हिमाल सागर प्रायजसो म्यूजिक भीडीयोहरुमा सुन्दरीहरुसंग मात्र देखा पर्ने गर्दछन । हुन सक्छ कथाले मागेर नै होला ‘दि फ्रेन्डसीप’ नामक एल्वममा समेटिएको उक्त गीतको म्यूजीक भीडीयोमा भने हिमाल सागरलाई एक्लै रुमल्लिएको देख्न पाइनेछ । मार्मिक भावनाले सजिएका शब्द संगीत अनि अभिनयले गर्दा म्यूजिक भीडीयो अझ आकर्षक बनेको छ । म्यूजिक भीडीयोमा निरज मगरको छयांकन तथा जेब्रा क्रियशनको दृश्य सम्पादन रहेको छ ।

म्यूजिक भीडीयो हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

भदौ १ देखि बहुविवाह खारेज हुने

काठमाण्डौ-आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले …