Saturday , February 24 2018
Home > Blog > एनआरएनएले १० अर्ब रुपैयाँको कोष स्थापन गर्ने

एनआरएनएले १० अर्ब रुपैयाँको कोष स्थापन गर्ने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन- गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट गत अक्टोबरमा अध्यक्ष्य निर्वाचित भएपछिको पहिलो विदेश भ्रमण तथा गैरआवासीय नेपाली संघको उद्गमस्थलको रुपमा रहेको बेलायतबाट १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेकाछन । गत आइतबारका दिन लन्डनको अल्डरशटस्थित भेटघाट रेस्टुरेन्टमा आयोजित आयोजित ‘गैर आवासीय नेपाली पूर्वाधार विकास कोष’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष्य भट्टले उक्त कोषको घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपालीहरुद्वारा संकलन गरि उक्त रकमलाई नेपालको पूर्वाधार विकासमा योगदान पुर्याकउने उद्देश्यले कोषको स्थापना गरिएको र कोषको केहि अंश वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गरिने भएकाले सबैलाई अध्यक्ष भट्टले बताए । वैदेशिक रोजगारमा गएका तथा साना लगानी कर्तालाई पनि सहभागी गराउनुपर्ने र तेस्को लागि स्थापना हुन लागेको कम्पनि आइ पी ओ मा जान आवश्यक भएकाले यस बारेमा नेपाल सरकारलाई जानकारी गराउने योजना रहेको छ । प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चीन, भारतलगायत अफ्रिकन मुलुक गैरआवासीय नागरिकको प्रभावले ती देशले समृद्धिको बाटो लिएको बताउंदै एन आर एन एले गरेको घोषणाको स्वागत गरेका थिए । विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले सुवेदीले नेपालमा राजनीतिक उपलब्धिहरु संस्थागत भइसकेको र स्थिर सरकार बन्न थालेको अवस्थामा संघले गरेको १० अर्ब लगानीको घोषणा ऐतिहासिक र दुरगामी सोचको कार्यक्रम भएको बताए। उनले पुराना आग्रह र पूर्वाग्रह राखेर देश नबन्ने जिकिर गर्दै नयाँ सोचका साथ अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपाली समूदायसँग मिलेर काम गर्न इच्छुक रहेको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपाली समुदायले परोपकारी क्षेत्रमा मात्र काम गरेर देशको उन्नति नहुने बताए। साच्चिकै देशलाई समृद्धिको बाटोमा लैजाने हो भने लगानीको विकल्प नभएको उपाध्यक्ष पन्तको तर्क थियो । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले नेपालमा पछिल्लो समयमा भएका राजनीतिक परिवर्तन दीगो हुन नसक्नुको पछाडी आर्थिक विकास भएको बताउँदै देशभित्र लागानीको लागि उचित समय भएको बताए। उनले संघले सुरु गर्न लागेको १० अर्बको कोषमा साना लगानीकर्तासमेत समावेश गरिने बताए। उनले निकट भविष्यमा सो कोषलाई आइपोओमा लैजान सकिने बताए । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको सुझावको आधारमा ५ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो । कार्यक्रममा संघका सल्लाहकार डा. हेमराज शर्माले कार्यक्रमको विषय तथा लगानीको खाका प्रस्तुत गरे।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …