Saturday , February 24 2018
Home > Blog > अरुसंग रमाउने मनोज गजुरेल परिवारमा रमाउन सकेनन

अरुसंग रमाउने मनोज गजुरेल परिवारमा रमाउन सकेनन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा रेडियो यूके
नेपालका हाँस्य क्षेत्रका एक चर्चित व्यक्ति मनोज गजुरेलले आफ्नो वैवाहिक जीवनलाई भने हँसाउन सकेनन । दुई दशक लामो वैवाहिक जीवन पश्चात गजुरेलले पत्नी मीना गजुरेलसंग कानूनी रुपमा सम्बन्ध विच्छेद गरेकाछन । गजुरेल दम्पतिले गत पुस महिनादेखि नै कानूनी रुपमा अलग भएका हुन् ।सम्बन्धल विच्छेदको समाचार उनीहरुले सार्वजनिक नगरेता आफूहरुले वैवाहिक सम्बन्धको ‘ह्पाप्पी इण्डीङ’ गरेको कुरा गजुरेलले स्वीकारेका छन् । दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग भएका हुन् । सम्बन्ध बिच्छेद पश्चात मीनाले बुटिक सञ्चालन सुरु गरेकि छन् भने मनोज बिर्सेर नियमित कार्यमा लाग्दै आएका छन । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध बिच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभ चिन्तक पनि आश्चर्यमा परेका छन । एक आपसमा पर्याप्त समय दिन नसक्नु र विश्वासको वातावातन सृजना हुन नसक्नु नै वैवाहिक जीवनको अन्त हुने मुख्य कारण हुने गर्दछ । सायद यिनै कारणले गर्दा मनोज र मीनाको पनि सम्बन्धले निरन्तरता पाउन नसकेको हुन सक्छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …