Thursday , January 18 2018
Home > Blog > लण्डनमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

लण्डनमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायातले लण्डनस्थित हिमालयन क्लबमा २९३औं पृथ्वी जयन्तीको अवसर पारेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । संगठनका अध्यक्ष्य भारत क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनको उपस्थितिरहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आरनले नेपाल एकीकरण गरी राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले सार्वजनिक बिदा दिन थालेको उल्लेख गर्दै इतिहास एवं ऐतिहासिक मूल्य र मान्यताको सम्रक्ष्यण गर्नुपर्ने धारण व्यक्त गरेका थिए । कार्यक्रममा उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए भने प्रमुख अतिथि डा. राघवप्रसाद धिताल (ओविइ)ले देशमा संघीयताका नाममा देश टुक्रिने अवस्थाको सृजना भैरहेको बेला राष्ट्र एकीकरण गर्ने पृथ्वी नारायण शाहको अभियान सान्दर्भिक र कदरयोग्य रहेको बताएका थिए । बेलायतस्थित नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायत सर्वसाधारंको उपस्थितिरहेको थियो । त्यस्तैगरी विकलचन्द्र आचार्यले पृथ्वी नारायण शाहको योगदान लगायत शाह वंशको व्यक्तित्वको बारेमा प्रष्ट्याएका थिए । कार्यक्रमका सभापति एवं आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष्य भरत क्षेत्रीले सन् २००७ देखि निरन्तर रुपमा आफूहरुले पृथ्वी जयन्ती मनाउँदै आइरहेको र यसै वर्षदेखी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोमा धन्यवाद दिंदै आगामी वर्षदेखि नेपाली दूतावास लण्डनद्वारा पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए । चेतमान केसीद्वारा संचालीय उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष्य कुल आचार्य, वरिष्ठ संचारकर्मी खगेन्द्र नेपाली, गायक योगेश्वर आमात्य, एनआरएनए यूके उपाध्यक्ष्य ललित न्यौपाने, प्रवासी नेपाली मंच बेलायतको नर्थवेष्ट लन्डन अध्यक्ष्य अर्जुन चापागाईं, साहित्यकार सुरेशजंग शाह, हरिसिंह थापा, पत्रकार फडिन्द्र भट्टराई, पूर्व डिएसपीहरू बाचस्पति रेग्मी र शिवजी श्रेष्ठ, कृष्णजंग शाह लगायतले पृथ्वी नारायण शाह र उनको एकीकरंको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
तस्विर भारत क्षेत्री (फेसबुक)

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …