Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अनु अधिकारी,
गत मंगलवारका दिन पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दियाको भ्रमण गरेका छन् । नेपालगञ्जको सोल्टी होटल उद्घाटन गर्न आएका पूर्व राजाले बर्दियाको सदरमुकाम गुलरियामा रहेको बगलामुखी मन्दिरको पनि दर्शन गरेका छन् । पूर्व राजालाई स्वागत गर्न गुलरिया सहित बर्दियाका ८ वटै स्थानीय तहहरुबाट ठूलो भीड लागेको थियो । पूर्वराजाको स्वागतका लागि सदरमुकाम गुलरियामा मन्दिर आसपासका विभिन्न स्थानमा स्वागतद्धारहरू समेत निर्माण गरिएको थियो । सयौँको संख्यामा उपस्थित सर्वसाधारणले फूलमाला सहित स्वागत गरेका छन् । सदरमुकाम गुलरियाको निर्वाचन कार्यालय देखि बगलामुखि मन्दिरसम्मको झण्डै ३ सय मीटरको दुरी पैदलै हिँडेर मन्दिर परीसर भित्र पुग्नु भएका पूर्व राजा शाहले सर्वसाधारणको स्वागत ग्रहण गरेका थिए । कार्यक्रममा राजसंस्थाको आवश्यकता महसुस भएको भन्दै राजवादीहरुले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ, देश बजाऊ जस्ता राजा र राजसंस्थाको बारेमा नाराबाजी गरेका थिए । सर्वसाधारणसँग कुराकानी गर्दै सेल्फी समेत खिचाएका थिए । राजसंस्था हटेपछि पहिलोपल्ट बर्दिया पुगेका पूर्व राजाले खासै केही पनि बोलेनन् । कार्यक्रमको सुरक्ष्या व्यवस्था कडा पारिएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।