Wednesday , December 13 2017
Home > Blog > गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
गुल्मी जिल्ला समाज यूकेले विश्व अपाँग दिवसको अवसर पारेर बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ । समाजले हरेक वर्ष गर्दै आएको च्यारिटी कार्यक्रमलाई निरन्तरता दिंदै यसपटक पनि कार्यक्रमको आयोजना गरेको हो । गुल्मेली नौमती बाजाले स्वागत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य विशेष अतिथि तथा दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे र एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर अतिथि थिए । पत्रकार ध्रुवराज अर्यालले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत गरेका थिए । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन गौतम, सल्लाहकार कमल भण्डारी र दयानिधि सापकोटाले मन्तव्य राखेका थिए । नेपालमा विभिन्न सामाजिक कामहरू गर्ने उद्धेश्यले समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ । समाजका अध्यक्ष राम गलामीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट गुल्मीको शान्तिपुरस्थित रेडक्रस र तम्घासको आशा अपाँग केन्द्रलाई सहयोग गरिनेछ । स्थनीय संयोजक कृष्ण ढकालले मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरुको संयोजनमा गरिएको सो कार्यक्रममा उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । साँस्कृतिक माहोलमा आगन्तुकहरुलाई मिसेस नेपाल यूके २०१७’ प्रतियोगिहरू प्रिमा पन्त भट्टराई, अमृता गिरी गजुरेल, गीता बस्नेत पाण्डेले उत्कृष्ट नाच प्रस्तुत गरे । साथमा स्थानीय गुल्मेली चेलीहरुको नाचसँगै चर्चित राष्ट्रिय लोकदोहोरी गायक सन्तु थापाको सालेजो, गुल्मेली नौमति बाजा र गायिका रुपा घर्तिको दोहोरीमा पनि अतिथि र अग्रजहरू पनि उठेर,बसेर नाचे । लन्डन नेपालन्युजको लाइभ घरबाटै हरेर पनि संस्थाको पवित्र कार्यको लागि केही थप अनुदान आएको भन्दै सम्पूर्णलाई गलामीले धन्यवाद दिए ।
भीडीयो हेर्नुहोस ।

Live :Londonnepalnews : बेलायतको गुल्मेली विश्व अपांग दिवसको अवसरमा च्यारिटी कार्यक्रम लाईभ :लोकदोहोरी गायक सन्तु थापा, गायिका रुपा घर्ती मगर

Posted by London Nepal News on Sunday, December 3, 2017

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

अन्तर्राष्ट्रिय सामुद्रिक संगठनको महासभामा राजदूत सुवेदीद्वारा सम्वोधन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, लन्डन । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को …