Saturday , February 24 2018
Home > Blog > “सगुन”मा लगानीकर्ताको बढ्दो चाप, थप अवधि पनि सकिंदै

“सगुन”मा लगानीकर्ताको बढ्दो चाप, थप अवधि पनि सकिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, सोसियल कमर्स प्लेटफर्म सगुनले जबस एक्ट २०१२ ‘मिनी आइपीओ’ अन्तर्गत खुल्ला गरेको दोस्रो चरणको अन्तिम म्याद अमेरिकाको न्यूयोर्क समय अनुसार गत महिना नोभेम्बर ३० तारिखका दिन समाप्त भैसकेको छ । सगुनका संस्थापक गोविन्द गिरीले यही डिसेम्बर १ तारिखका दिन प्रेस विज्ञप्ति जारी गर्दै लागानिकर्ताहरुको बढ्दो चापका कारण थप ७२ घन्टाको समय बढाएका छन् । जस अनुसार यहीँ डिसेम्बर ३ तारिख मध्यरात (न्यूयोर्क समय)सम्म लागानी गर्न सकिने भएको छ । लगानीको अवधि सकिंदै जाँदा विश्वभरिबाट देखिएको उत्साहजनक सहभाहिता र समयसीमा बढाउने अनुरोध भए अनुसार सबैलाई समेट्ने उद्देश्यले समयसीमाको अवधि थप गरिएको संस्थापक गीरीले बताएका छन् । विभिन्न प्राविधिक कठिनाइका कारण लगानी प्रकृया पूरा गर्न नापाएको र अष्ट्रेलिया भारत लगायतक कतिपय मुलुकहरुमा बैंकिंग कारोबारमा आएको समस्याले पनि समय थप गरी सबैलाई समेट्ने प्रयास रहेको गीरीले बताएका छन् । लागानिकर्ताहरुले डेबिट तथा क्रेडिट कार्डमार्फत सगुनमा लगानी गर्न सक्नेछन । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनको अवधारणा बोकेका गिरीले प्रयोगकर्तालाई पनि आफ्नो सञ्जाल प्रयोग गरेबापत नाफाको ५ प्रतिशतसम्म दिने अवधारणा रहेको बताएका छन् । आफ्नै मौलिक विशेषता बोकेको सगुनमा विश्वभरका नेपालीहरुलाई लगानी गर्न सक्नेछन । सगुनले अहिले सर्वसाधारणको लागि मिनी आइपिओ अर्थात् सानो परिमाणमा प्राथमिक सेएर निष्कासन गरिरहेको छ । सगुन इन्कले २१ प्रतिशत अर्थात् ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२ करोड डलरको) सेएर जारी गरेको छ । प्रति सेएर २३ अमेरिकी डलर तिर्नुपर्ने सगुनमा नेपालबाट भने विदेशमा लगानी लैजान नपाइने नीतिका कारण लगानी गर्न पाइने छैन । सगुनमा लगानी गर्नको लागि यहाँ यहा क्लिक गर्नुहोला

The idea behind Sagoon

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं …