Wednesday , December 13 2017
Home > Blog > लघु कथा “असल श्रीमती”- विष्णु चापागाँई

लघु कथा “असल श्रीमती”- विष्णु चापागाँई

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

एक युवा, जसको ठूलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भयकाले चारै तिरबाट बिहेको लागि कुरा आइरहन्थ्यो । कुल घरानकी एक असल केटीसँग बिबाह पनि भयो , तर उ प्राय: उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाइलो गर्ने गर्दैनथ्यो, किनकि बाहिरबाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन। घर ठूलो भएर के गर्नु लाखौं ऋणमा डुबेको थियो, तेसमाथि बिहेको खर्चले थपिएको ऋणको ब्याज समेत तिर्न धौ धौ भयो । समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो, कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसाले अब घर चलाउन गाह्रो भयो, ऋणको सावाँ घटाउने त कुरै छोडौं । यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरू समेत नक्कली थिए, कुनै दिन उनले थाहा पाइन भने के हुन्छ होला भन्ने पीडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसैसँग कहिले पनी शेयर गर्दैनथ्यो । एक दिन सुन्दर भविष्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर विदेश लाग्छ, दिन, महिना हुँदै केही वर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा ऋण लियका हरुलाई नै पठाउने गर्थ्यो । घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछि केही गर्नुपर्छ भनेर ढाँट्ने गर्थ्यो। जब ऋण तिरेर भ्याउँछ अनि घर फर्कन्छ । एक दिन अचानक छोरो सिंडीबाट लड्न पुग्छ, हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछि उसको होस् हवास उड्छ, आजसम्म न उसँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ । श्रीमतीले बैंक गएर पैसा निकालौं भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केहि बोल्न सक्ने अवस्थामा नै छैन, ऊ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुदैन । जब बैंक पुग्छ ऊ छक्क पर्छ। श्रीमतीले एटिएमबाट पैसा निकाल्छिन । ऊ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभयको कुरा सुनिसकेपछि सबै खुसी हुन्छन । अनि श्रीमतीले भन्छिन “हजुरको पीडा मैले बुझेको छु सोनु,यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गएर तथा आईपरेका कामहरू गरेर अलिअलि कमाउँथे, तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सबै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें, हजुरले नभने पनि घरको अवस्था मलाई राम्रोसँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो, मेरो लागि सुन बहुमूल्य होइन सोनु, जुन दिन हामी एक भयका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साक्षी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खायका थियौं त्यो दिन हजुरबाट पायको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोतीभन्दा कम छैन सोनु।” (श्रीमानलाई मायाले “सोनु” भनेर सम्बोधन गर्थिन । उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतीलाई हेरेर आँशु बगाइरहन्छ, श्रीमतीले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन । आजसम्मको उस्को पीडा सबै एकैपलमा हरायको महसुस गर्छ । एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेरसँगै सहने, जे छ तेसैमा रमाउने विचार लिएर अब कहिले पनि नछुट्टिने अनि कहिले पनि विदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन ।

विष्णु चापागाँई
कावासोती नवलपरासी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …