Wednesday , December 13 2017
Home > Blog > काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरहरुसँग नेपाली लिडरहरुको त्रैमासिक बैठक सम्पन्न

काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरहरुसँग नेपाली लिडरहरुको त्रैमासिक बैठक सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

अलडरशट २० नोबेम्बर २०१७,
ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानीय रशमोर बरो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरहरुको संयुक्त प्रयासमा अन्य नेपाली लिडरहरुलाई समेत सहभागी गराई बैठक सम्पन्न भएको छ । हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक यसपटक रशमोर फाएर एण्ड रेस्क्यु सर्विसेजको बैठक कक्षमा सम्पन्न भएको छ। नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, लगायतका जीवनपयोगी हरेक विषयमा जानकारी गराउने एवं नेपाली र स्थानीय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकासका लागि के गर्न सकिन्छ भनी हरेक तीन महिनामा नेपाली नेतृत्व वर्गसँग रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा बस्ने बैठकले समस्याको पहिचान र समाधानका उपाय समेतमा छलफल गर्ने गर्दछ । यस पटक फाएर एण्ड सेफ्टी विषयमा रशमोर फाएर स्टेशनका स्टेशन मेनेजर पोल, कम्युनिटी सेफ्टी अफिसर फिल र नयनाले प्रिजेण्टेशन दिदै ग्रेटर रशमोर नेपाली कम्युनिटीसँग सहकार्य गरी नेपाली समूदायलाई फाएर एण्ड सेफ्टी विषयमा सुसुचित गरी सुरक्षित गराउन चाहेको कुरा बताए । गत रशमोर बरो काउन्सिलको कार्यालयमा सम्पन्न बैठकले रशमोर फाएर एण्ड रेस्क्यु सर्भिसको भवनमा नेपाली करी कुकिङ्ग प्रशिक्षण स्थानीय समुदायलाई दिने र संयुक्त भोजनको प्रबन्ध गर्ने निर्णय भए अनुरुप सल्लाहाकार शेर सुनारको सहयोगमा भेटघाट रेष्टुरेन्टका सेफ सुरेश र संगीता गैरेले लाइभ कुकिङ्ग प्रशिक्षण दिएका थिए । सामुहिक भोजनका क्रममा विशेष गरी नेपाली बृद्ध बृद्धाको स्वास्थ्य, सुरक्षा विषयमा छलफल गरिएको थियो भने हस्पिटल, काउन्सिल, रशमोर फाएर एण्ड रेस्क्यु सेर्विसेज तथा अरु एजेन्सीहरुले काम गर्दा ग्रेटर रशमोर नेपाली कम्युनिटीसँग सहकार्य गर्दै गर्ने कुरामा सहमति भयो । बैठकमा अध्यक्ष जीव बेलबासे, निवर्तमान अध्यक्ष ओम थापा, बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा,शेर सुनार, क्याप्टेन महेन्द्र लिम्बु, कृष्ण गुरुङ, मधुकर गुरुङ,क्याबिनेट लिडर डेभीड क्लिफोर्ड, डेपुटी लिडर केन, काउन्सिलर बारबा, मार्टिन, लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए भने सल्लाहाकार क्याप्टेन राजु गुरुंगले नेपालीसँग सम्बद्ध कुनै पनि काम ग्रेटर रशमोर नेपाली कम्युनिटी मार्फत नै हुनु पर्ने कुरामा जोड दिए। बैठकको अन्त्यमा क्याबिनेट लिडर डेभीड क्लिफोर्ड र अध्यक्ष जीव बेलबासेले रशमोर फाएर एण्ड रेस्क्यु सेर्विसेज स्टेशन मेनेजर पोल र उनको टिम, अनि सल्लाहाकार शेर सुनार, सेफ सुरेश र असिस्टेन्ट सेफ संगीता गैरेलाई विशेष धन्यवाद तथा सहभागी सबैमा धन्यवाद ज्ञापन गरे । बैठकमा सल्लाहाकार क्याप्टेन विष्णु श्रेष्ठ, महिला संयोजक लिला माबो, ग्रेटर रशमोर नेपाली ब्याडमिन्टन एशोसिएसनका अध्यक्ष मोहन गुरुङ र सुरेश थापा समेतको सहभागिता रहेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …