Wednesday , December 13 2017
Home > Blog > यौन सम्पर्कले मानवजीवनमा पुर्याउने फाइदाहरु

यौन सम्पर्कले मानवजीवनमा पुर्याउने फाइदाहरु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

मानव जीवनको एउटा महत्वपूर्ण क्रियाकलाप अन्तर्गत यौनलाई पनि अपरिहार्य कुराका रुपमा परिभाषित गर्ने गरिन्छ । यौन जीवन राम्रो भएमा मान्छे खुशी हुन सक्छ भन्ने विभिन्न अध्ययनहरुको ठहर छ । यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा सफल दाम्पत्य जीवनका लागि मात्र आवश्यक नभएर शारीरिक तन्दुरुस्तीका लागि पनि फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । यौन सम्पर्क गर्दा के कस्ता फाइदाहरु हुन्छन भन्ने बारेमा सबैलाई प्रत्यक्ष्य रुपमा थाहा नहुन पनि सक्दछ । यौनले हुने फाईदाहरु यसप्रकार छन्–

मुटु रोगको समस्यामा कमि

एक अध्ययन अनुसार मानिसको मुटुलाई स्वस्थ पार्न पनि यौनसम्पर्कको राम्रो प्रभाव हुने निश्कर्ष निकालेको छ । जो मानिस हप्तामा कम्तिमा २ पटक यौन सम्पर्क गर्छन् उनीहरुमा हृदयघातको जोखिम कम हुने शोधकर्ताहरुको दाबी छ ।

महिनावारीलाई सन्तुलन

गर्छमहिलाहरुको महिनावारीमा आउने अनियमितता तथा गडबडीलाई सन्तुलनमा ल्याउन समेत नियमित यौनसम्पर्क महत्वपूर्ण हुने सोधकर्ताहरुको भनाई छ । त्यसैले महिनावारीको बेला तल्लो पेट दुख्ने र महिनावारी गडबड हुनेलाई विवाहपश्चात त्यो समस्याले छोडेको हाम्रै समाजमा पनि उदाहरणहरु छन् । नियमित यौनसम्पर्कले शरीरमा हर्मोनको सन्तुलन गराउने भएकाले यसले महिनावारीको बेला हुने दुखाइ, ऐँठन तथा अन्य समस्या पनि कम गर्ने प्रमाणित भइसकेको छ । यसले खासगरी नितम्ब तथा कम्मरको मांशपेशीलाई मजबुत बनाउन सहयोग गर्छ । अनुहारमा चमकनियमित यौनसम्पर्क गर्ने महिलाहरुको सुन्दरता सम्भोग नगर्ने वा कम गर्ने महिलामा भन्दा बढी हुने सौन्दर्यकर्मीहरु बताउँछन् । सेक्स गरेको समयमा एस्ट्रोजोन हर्मोनको उत्पादन बढ्ने भएकाले यसले छाला तथा कपालको सुन्दरतामा वृद्धि गर्ने उनीहरु बताउँछन् ।

तनावबाट मुक्ति

यौनसम्पर्कले मानिसलाई तनावबाट मुक्ति दिलाउँछ । सम्भोगका बेला एन्डोफिर्न हर्मोन उत्पादन हुन्छ । जसले मस्तिष्कलाई रिल्याक्स पार्छ र तनाव कम गराउने बैज्ञानिकहरु बताउँछन् ।

रोग प्रतिरोधी क्षमतामा बृद्दि

नियमित यौनसम्पर्क गर्नाले मानिसको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने वैज्ञानिकहरुको ठहर छ । यसले विभिन्न खाले जिवाणुसँग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ । नियमित यौनसम्पर्क गर्ने मानिसको शरीरमा रोग प्रतिरोधी कोषिका एन्टीबडीको उत्पादन बढी हुन्छ । जसकारण शरीरमा रोगको संक्रमण फैलिने खतरा कम हुने चिकित्सकहरु बताउँछन् ।

मिठो निद्रा लाग्नु

नियमित यौनसम्पर्कले निद्रामा सन्तुलन ल्याउने काम गर्छ । निद्रा कम लाग्ने मानिसहरुका लागि यौनसम्पर्क गर्नु अति राम्रो उपाय हो । यौन सम्पर्कपछी आरामदायी निन्द्रा लाग्ने गर्दछ ।
स्रोत- अनलाइन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …