Tuesday , November 21 2017
Home > Blog > प्रधान न्यायधिस पराजुलीलाई लन्डन दूतावासमा विशेष स्वागत

प्रधान न्यायधिस पराजुलीलाई लन्डन दूतावासमा विशेष स्वागत

लन्डन । हाल बेलायतको भ्रमणमा आएका नेपालका प्रधान न्यायधिश गोपाल पराजुलीको सम्मानमा नेपाली दूतावास लण्डनले एक विषेश स्वागत समारोहको साथमा रात्री भोज सम्पन्न गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रवार आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई बेलायतका लागि नेपाली राजदूत दूर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानन्यायधिश पराजुलीको साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायधिश बिदुर कोइराला, श्रीमती पराजुली, कलाकारहरू कालीप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की लगायतलाई पनि सम्मान गरिएको थियो । हेमन्त रानाले आफ्नो लोकप्रिय गीत “साइली” तथा कालीप्रसाद बास्कोटाले “निर जहिले रिसाउने” बोलको गीत गएर सबैलाई रमाइलो गराएका थिए । वेलायतस्थित विभिन्न संघसंस्था तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको बाक्लो उपस्थितिरहेको सो कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए । सोही कार्यक्रममा राजदूत डा. सुवेदीद्वारा लिखित दुईवटा पुस्तकहरू ‘अल इन वान’ र ‘दुवसु क्षेत्रीका कविता’ को पनि प्रधान न्यायधिस पराजुलीको हातबाट विमोचन गरिएको थियो । हरेक वर्ष नेपाली दूतावास लण्डनले गर्दै आएको दशैं कार्यक्रमलाई भने यसपटकको प्रधान न्यायधिशको सम्मानमा आयोजना गरिएको उक्त विशेष सम्मान कार्यक्रमले ओझेल पारिदिएको थियो । विजया दशमीका अघिल्लो दिन साँझ सम्पन्न उक्त कार्यक्रमलाई दशैं कार्यक्रम नै हो कि भन्ने सबैले महसुस गरेका थिए । प्रत्येक्ष्य तथा अप्रत्यक्ष्य रुपमा सबैले दशैंको शुभकामना आदानप्रदान गर्दै रमाइलो गरेका थिए ।
बाँकी फोटो हुर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

पर्वत वेलफेएर सोसाइटी यूकेद्वारा आचार्य र गिरि सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत …