Wednesday , October 18 2017
Home > Blog > एनआरएनए यूकेका पूर्व अध्यक्ष्य योगेन क्षेत्री विरुद्ध बेलायतका पत्रकारहरु एकजुट

एनआरएनए यूकेका पूर्व अध्यक्ष्य योगेन क्षेत्री विरुद्ध बेलायतका पत्रकारहरु एकजुट

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, बेलायतमा कार्यरत पत्रकारहरुमाथि एनआरएनए यूकेका पूर्व अध्यक्ष्य एवं आइसीसी सदस्य योगेन क्षेत्रीले सामाजीक संजाल मार्फत प्रयोग गरेको असभ्य, अशिष्ट, अशोभनीय र धाकधम्कीपूर्ण लान्छनाको विरुद्ध नेपाल पत्रकार महासंघ बेलायतले गम्भीर ध्यानाकर्षण गर्दै बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरेको छ । कुनै पनि समाचारमा चित्त नबुझे सम्वन्धित प्रकाशन गृहसित आफ्ना कुरा राख्ने तरिका र प्रक्रिया हुने र त्यस्तो प्रयासबाट चित्त नबुझे अपनाउने अरु उपाय हुंदा हुंदै समाजका जिम्मेवार व्यक्तिले सिंगो पत्रकारिता पेशा र समस्त पत्रकारहरुप्रति नै निकृष्ट शब्दमा टिकाटिप्पणी गर्नु र परिवारसमेतलाई धम्क्याउनु निन्दनीय कार्य भनेको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले जारी गरेको विज्ञप्तिमा क्षेत्रीको उक्त कार्यको भत्र्सना समेत गरिएको छ । ‘पत्रकारिता पेशालाई व्यवसायिक र मर्यादित बनाउन महासंघ दृढ छ र यूकेस्थित नेपाली समाजका सबै तप्काबाट यस उद्देश्यलाई सघाउ पुग्ने व्यवहारको अपेक्षा राख्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै एनआरएनए यूकेको निर्वाचन सन्निकटमा आइरहेको सन्दर्भमा सबै सहकर्मी पत्रकारहरुलाई पेशागत धर्म नबिर्सी कार्यसम्पादन गर्न पनि महासंघ आग्रह गर्दछ । बेलायतबाट संचालित वीनेपालीडटकममा प्रकाशित एनआरएनए यूकेको निर्वाचन सम्वन्धि समाचारलाई लिएर उक्त वेवसाइटमा आवद्ध र अन्य समस्त पत्रकारहरुको मानमर्दन हुने आक्षेप लगाएका थिए । सामाजीक संजालमार्फत क्षेत्रीले सामाजिक सञ्जालमा रक्सी बियर र घुसमा बिक्ने भाते पत्रकारहरु भन्दै उनीहरुलाई भाते अवार्ड दिइनुपर्ने भन्ने प्रतिक्रिया दिएका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

एनआरएनए यूकेको अध्यक्ष्यमा योग कुमार फगामी विजयी

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन । सेप्टेम्बर ९ तारिख शनिवारका दिन ...