Tuesday , November 21 2017
Home > Blog > १०औ बक्स अफिस फिल्म फेयर अवार्डमा नायक धुर्व दत्तलाई विशेष अवार्ड

१०औ बक्स अफिस फिल्म फेयर अवार्डमा नायक धुर्व दत्तलाई विशेष अवार्ड

लन्डन, बेलायतको लन्डनस्थित एम्पायर हलमा यहि जुलाई १ तारिख शनिवारका दिन थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा १०शौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलायतमा पहिलोपल्ट आयोजना गरिएको हो । बिपी कोइरालाद्वारा लेखिएको उपन्यास तीन घुम्ती चलचित्रले वि.स. २०७४ को विशेष चलचित्र अवार्ड पाउन सफल भएको थियो । उक्त समारोहमा चलचित्र तीन घुम्तीका नायक धुर्ब दत्त लाई विशेष चलचित्र अवार्डको सम्मान नायक आर्यन सिग्देलको हातबाट प्रदान गरिएको थियो । उक्त अवार्डले आफूलाई अझ बढी हौसला प्रदान गरेको र यस क्षेत्रमा निरन्तर लागिपर्ने बताउदै नायक दत्तल सम्पूर्ण तीन घुम्ती परिवारलाई धेरै धेरै बदाई साथै जूरी र आयोजकलाई धन्यवाद दिएका थिए। फोटो -JK & 1st PM

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Check Also

पर्वत वेलफेएर सोसाइटी यूकेद्वारा आचार्य र गिरि सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत …