Tuesday , November 21 2017
Home > Blog > गीतकार नीरा पीजीको ‘पिरतीको मूल फुट्यो “ गीतको म्यूजिक भीडीयो सार्वजनिक

गीतकार नीरा पीजीको ‘पिरतीको मूल फुट्यो “ गीतको म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा रेडियो, पिरतीको मूल फुट्यो तिर्खा लागे पिउँला, आधा जीवन तेसै बित्यो आधा संगै जिउँला गीतकार नीरा पीजीको शब्द, राज कुमार बगरको संगीत अनि अन्जना गुरुङ र नवराज थापाको स्वरमा सजिएको “पिरतीको मूल फुट्यो” बोलको आधुनिक गीतको म्यूजिक भीडीयोलाई हालै मात्र म्यूजिक नेपालले आफ्नो युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरेको छ । यूएईका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त म्यूजिक भीडीयोमा स्यान्डी भण्डारी र रविन कठायतको रोमान्चकारी अभिनय हेर्न पाइनेछ । मोडल रविनले आफ्नो जन्म दिन पारेर उक्त म्यूजिक भिडियोलाई सार्वजनिक गरेका हुन् । कमल निर्जनको छायांकन रहेको यस म्युजिक भीदियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने देव हातेंगले निर्देशन गरेका हुन् ।

म्यूजिक भीडीयो हेर्नुहोला ।

Check Also

पर्वत वेलफेएर सोसाइटी यूकेद्वारा आचार्य र गिरि सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत …