Tuesday , November 21 2017
Home > Blog > प्यारीलाई परदेशबाट तीजको सम्झना गर्दै कला पंगेनी र खुमन अधिकारी

प्यारीलाई परदेशबाट तीजको सम्झना गर्दै कला पंगेनी र खुमन अधिकारी

गोर्खा रेडियो,
“आफ्नो ज्यानको राम्रो ख्याल गरे है, बाह्र हाते पटुकी कस पियारी, आउंछु सानु दुई चार दिन पछि त गाह्रो पिरो नमानी बस पियारी”विशेषगरी हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर कला पंगेनी र खुमन अधिकारीको स्वर, कृष्ण बि.क. को संगीत अनि नरेन्द्र बस्नेतको शब्दमा “पापी घरैमा” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ । परदेशमा रहेर आफ्नी पियारी प्रतिको सम्झनास्वरुप तयार गरिएको यस गीतमा पियारीलाई आफू दुई चार साल पछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन रहेको हुँदा स्वास्थ्य प्रति ख्याल राख्नुपर्ने,बाबुआमालाई राम्रो हेरविचार गर्नुपर्ने, दुखमा आत्तिन नहुने जस्ता शन्देशहरु पनि दिन खोजिएको छ । उक्त गीतको म्यूजिक भीडीयोमा अहिलेका निकै चर्चित मोडलहरु अन्जली अधिकारी र महेन्द्र गौतमको जोडदार अभिनय रहेको छ । यस गीतको म्यूजीक भीडीयोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा.लि. को भूमिका निभाएको छ ।

“ पापी घरैमा” बोलको गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।


Check Also

पर्वत वेलफेएर सोसाइटी यूकेद्वारा आचार्य र गिरि सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत …