Saturday , September 23 2017
Home > Blog > प्रबासी नेपाली मंच यूकेको चौथो अधिवेशनमा योगेश भट्टराई लन्डन आउँदै

प्रबासी नेपाली मंच यूकेको चौथो अधिवेशनमा योगेश भट्टराई लन्डन आउँदै


लन्डन, यही आउँदो जुलाई २ तारिख आइतबारका दिन बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मंच बेलायतको चौथो अधिवेशन ह्यारो फुटबल क्लबमा हुने भएको छ । सो कार्यक्रममा भाग लिनको लागि नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रवाश बिभाग सह-इन्चार्ज युबराज कार्की प्रमुख अतिथि र अतिथिकोरुपमा सहभागीहुने छन् । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी विशेष अतिथिरहने सो अधिवेशनमा बेलायका नबनिर्बाचित सांसद ब्यारी गार्डनर, बेलायतमा अस्तित्वमा रहेका नेपालका विभिन्न पार्टीका प्रमुख, गैर आवासीय नेपाली संघका युरोप संयोजक, गैर आवासीयसँग बेलायतका अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रमुखहरू अतिथि हुनुहुने कुरा अध्यक्ष सिम्खडाले बताएका छन् । नेपाली डायस्पोरा बेलायतमा आफ्नो छुट्टै पहिचान देखाउन सफल प्रवासी मंचको आगामी अधिवेशनलाई संगठन भित्रै र बाहिर समेत चासोका साथ हेरिएको हुँदा अधिवेशन भव्य र सफल पार्न सबैसँग मंचका अध्यक्ष राम शरण सिमखडाले हार्दिक अनुरोध गरेका छन् । रेडिंग, साउथ इस्ट लन्डन, नर्थ वेस्ट, साउथ वेस्ट गरी प्रबासी मंच बेलायतको हाल विभिन्न चार वटा इलाका कमिटी सक्रिय रहेका छन् भने देशका अन्य विभिन्न क्षेत्रमा यसका सदस्यहरू रहेका छन् । प्रबासी नेपाली मंच बेलायतका संगठन बिभाग प्रमुख कमल खनाल तथा आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारीका अनुसार अधिवेशनका लागि हालसम्म मंचको सदस्यता नबिकरण, सदस्यता स्थानान्तरण, नयाँ सदस्यता वितरण र जिल्ला कमिटीबाट त्यसको अनुमोदन भैसकेको बताएका छन् । उक्त अधिवेशन उदघाटन शत्रमा प्रतिनिधि, पर्यबेक्षक, अतिथि र पत्रकारहरू गरी करिब दुई सय जनाको सहभागीता रहने कुरा प्रचार विभाग प्रमुख कुमार केसीले बताएका छन् । केसीका अनुसार अधिवेशनमा स्कटल्याण्ड, वेल्स तथा बेलायतका विभिन्न शहरहरुबाट अतिथि, प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थितिरहनेछ । अधिवेशन तयारीको क्रममा धमाधम इलाका अधिवेशनहरू सम्पन भैरहेका छन् । हालसम्म रेडिंग इलाका र नर्थ वेस्ट लन्डन इलाका अधिवेशन सम्पन्न भैसकेको छ भने साउथ वेस्ट इलाका अधिवेशन आगामी शनिबार हुन गैरहेको छ । यसभन्दा पहिले आङकल्जंग लामा र दिनेश घिमिरेले मंचको नेतृत्व गरिसकेका छन् भने हाल राम शरण सिम्खडा यसको अध्यक्ष्य छन् । अधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वको लागि आन्तरिक छलफल तथा भेटघाट तिब्र रुपमा भैरहेको बुझिएको छ ।अधिवेशनलाई व्यवस्थित गर्नको लागि विभिन्न कार्य बिभाजन तथा उपसमितिहरू बनाइएको छ । कुमार केसीको संयोजकत्वमा प्रचार प्रसार समिति, सरस्वोती केसीको संयोजकत्वोमा खाद्य व्यवस्थापन, कमल खनालको संयोजकत्वोमा प्रतिनिधि प्रमाणीकरण, कृष्ण भण्डारीको संयोजकत्वोमा आर्थिक संकलन, धन क्षेत्रीको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन तथा मिलन घिमरेको संयोजकत्वमा हल-मंच व्यवस्थापन समिति सकृयरुपमा काम गरिरहेको सचिव धन क्षेत्रीले जानकारी दिएका छन् । मंचका महासचिव तुङ्ग भुसालका अनुसार नयां नेतृत्व चयन को लागि डा. विष्णु घिमिरेको संयोजकत्वमा प्रा. डा. पदम सिमखडा र शेखर शर्मा वाग्ले सदस्य रहेको ३ सदस्यीय निर्वाचन कमिटी समेत बनी निर्वाचनको आवश्य तयारी भैरहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बिजया दशमीको टीका थाप्ने शुभ साइत

गोर्खा रेडियो, वि.स. २०७४ तदनुसार सन् २०१७ सालको विजया दशमीको टीका थप्ने शुभ साइतको बारेमा ...