Wednesday , August 23 2017
Home > Blog > बेलायतको रेडिंगमा २०४औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न

बेलायतको रेडिंगमा २०४औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न

लन्डन, बेलायतको रेडिंगमा २०४ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ । GRNCAका अध्यक्ष्य कृष्ण न्यौपानेको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा विशेष अतिथिमा साहित्यकार कृष्ण पहारिरहेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई पुष्प गुच्छा र ब्याज लगाएर GRNCA उपाध्यक्ष सुशीला गुरुंगले स्वागत गरेकी थिइन् । निर्णायक मण्डलमा डा. रुपक श्रेष्ठ, पण्डित दुर्गा प्रसाद पोखरेल र बरिष्ठ साहित्यकार बाशु शर्माले प्रतिस्पर्धामा सामेल कविताको मूल्यांकन गर्ने जिम्मा लिएका थिए । साथै कथाकार इन्दिरा दिक्षितले लेख्नुभएको कथा संग्रहको पनि प्रमुख अतिथि डा. सुवेदीको बाहुलीबाट विमोचन गरिएको थियो । पुस्तकको बारेमा पाठक प्रतिक्रिया स्वरुप साहित्य संगमका संस्थापक बिनोद अधिकारीले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा GRNCA कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, साहित्य संगम सदस्यहरू, विभिन्न ठाऊँबाट आऊनु भएका सहभागी तथा स्रोताहरू, रेडिंगस्थित संपूर्ण साहित्यिक मनहरू र उल्लेखीय मात्रामा दर्शक तथा श्रोताहरू ऊपस्थित थिए । राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा भर्खर मात्र लण्डनमा भएको आगोलागिमा ज्यान गुमाउनेको संझनामा एक मिनेट मौन धारणा पनि गरिएको थियो । कवि बिनोद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भानुभक्तको फ़ोटोमा सभापति कृष्ण न्यौपाने र प्रमुख अतिथिले माल्यार्पण गरेका थिए । भानु जयन्तीको बारेमा डा. रुपक श्रेष्ठले प्रकाश पारेका थिए भने कवि बाशु शर्माले बेलायतमा नेपाली साहित्यको बारेमा प्रकाश पारेका थिए । कविता बाचनमा जम्मा २८ जना कवि कवियत्रीहरुले भाग लिएका थिए भने १४ वटा कविता प्रतियोगितामा सामेल गरिएका थिए । कविता प्रतियोगितामा भाग लिनेहरुमा लक्ष्मी पौडेल, प्रेम गुरुंग,केनिशा गौतम, सजल निरौला,प्रतिमा केसी, रमेश कायस्थ, लक्ष्मी प्रसाद शर्मा,सन्जु बजगाँई,रोशन न्यौपाने,रमेश श्रेष्ठ, रिषब न्यौपाने, लाल बहादुर गुरुंग,कल्पना पण्डित र महेश हरी आचार्य थिए । प्रतियोगितामा सामेल नभएका कविता पाठ गर्नेहरुमा गत वर्षको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने स्थापित कवि फडिन्द्र भट्टराई र २०१५मा प्रथम हुने कवियत्री निर्मला न्यौपाने लगाएत बरिष्ठ साहित्यकारहरू बाशु शर्मा, डा. रुपक श्रेष्ठ, दुर्गा प्रसाद पोखरेल, कृष्ण पहारी, कृष्ण बजगाँई, गोपाल शाही ‘पथिक ‘ र कथाकार इन्दिरा दीक्षितले पनि आआफ्ना कविता पाठ गरेका थिए । साथै डा. त्रिलोचन गौतम, गीता खरेल र अन्जु आचार्यले पनि आआफ्ना कविता प्रस्तुत गरेका थिए । कवि तथा लेखक राम प्रसाद घिमिरेले पठाएको कविता कार्यक्रम संचालक ओमकार अधिकारीले पढेर सुनाएका थिए भने सभापति कृष्ण न्यौपानेले पनि अन्तमा आफ्नो कविता सुनाएका थिए । कविता पाठको कार्यक्रम पछाडि प्रमुख अतिथिको तर्फबाट डा. सुवेदीले बेलायतमा आफुले यस प्रकारका सबै साहित्यिक कार्यक्रमहरुमा आफु सकेसम्म ऊपस्थित भएर प्रेरणा तथा हौंसला दिने कुरामा पछि नहट्ने र सक्दो सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तमा निर्णायक मण्डलको तर्फबाट पण्डित दुर्गा प्रसाद पोखरेलले प्रतियोगिताको निर्णय पेश गरेका थिए जस अनुसार प्रथम हुनेमा रमेश कायस्थ र द्वितीयमा सन्जु बजगाँई चयन भएका थिए । त्यस्तै तेस्रो हुनेमा प्रतिमा केसी र सान्त्वना पुरस्कार पाउनेहरुमा लाल बहादुर गुरुंग, लक्ष्मी पौडेल, प्रेम गुरुंग र रोशन न्यौपाने छन् । बाल प्रतिभा तर्फ प्रथम हुनेमा केनिसा गौतम छन् भने दोस्रो र तेस्रो हुनेमा क्रमश रिषभ न्यौपाने र सजल निरौला छन् । आकर्षक रुपमा व्यवस्था गरिएका सुनौला पुरस्कारहरुको वितरण प्रमुख अतिथि महामहिम राजदूतज्यू र विशेष अतिथि कृष्ण पहारीज्युले बिजेताहरुलाई हस्तान्तरण गरेका थिए । अन्तमा धन्यवाद ज्ञापन गर्दै सभापति कृष्ण न्यौपानेले कार्यक्रम समापनको घोषणा गरेका थिए । रेडिंग नेपाली समाजले २०१५ साल देखी नियमित रुपमा हरेक वर्ष मनाऊँदै आएको भानु जयन्ती गत वर्ष NRNAसँग सहकार्य गरेर मनाएको थियो भने यस वर्ष भर्खर मात्र गठित साहित्य संगम यूकेसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको हो । यस कार्यक्रमको संचालन कार्यक्रम संयोजक रेडिंग नेपाली समाजका महासचिव ओमकार अधिकारीले गरेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

एनआरएन यूकेको मतदाता सूची सार्वजनिक- नामावली सूचीसहित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । आउदो ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित ...