Monday , June 26 2017
Home > Audio > बेलायतको साउथ इष्ट लण्डनका महिलाहरुद्वारा तीज कार्यक्रम गरिंदै

बेलायतको साउथ इष्ट लण्डनका महिलाहरुद्वारा तीज कार्यक्रम गरिंदै

लन्डन, हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर बेलायतको साउथ इष्ट लण्डनमा बसोवास गर्ने महिलाहरुले आगामी अगष्ट ५ तारिख शनिबारका दिन प्लमस्टिडडमा तीज विशेष कार्यक्रम २०१७ को आयोजना गर्ने भएका छन् । गत वर्ष पनि साउथ इष्ट लन्डनका महिलाहरुले तीज कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेका थिए । साउथ इष्टको लन्डनको रेडिकल क्लबमा आयोजना गर्न लागिएको यसपटकको तीज कार्यक्रममा महिला मात्र नभएर पुरुषहरुको पनि सहभागीता रहने भएको छ । माइतीहरूद्वारा चेलीलाई दर खुवाउने परम्परा रहँदै आएको हुँदा सम्पूर्ण दाजुभाइहरुलाई पनि निमन्त्रणा गरिएको संयोजकद्वय श्रद्दा थापा र माया केसीले बताएका छन् । दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म संचालन गरिने उक्त तीज कार्यक्रममा उपस्थित भई सफल पारिदिनको लागि आयोजकहरुले हार्दिक अपिल गरेका छन् ।
विस्तृत जानकारीको लाज्गी श्रद्धा थापा 07823448863 र माया केसी 07481545456लाई सम्पर्क गर्न सकिनेछ ।
कार्यक्रमस्थल RADICAl CLUB- 83-88 WALMER TERRACE PLUMSTEAD LONDON SE 18 7DZ

तीज गीत चाडै औदैछ, प्रतिक्ष्या गर्नुहोस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतको रेडिंगमा २०४औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न

लन्डन, बेलायतको रेडिंगमा २०४ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ । GRNCAका अध्यक्ष्य ...