Wednesday , October 18 2017
Home > Blog > ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे भव्यताका साथ सम्पन्न

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे भव्यताका साथ सम्पन्न

अल्डरशट १० जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतिएको जन्म दिन को अवसर पारेर (भिक्टोरिया डे) बेलायतको अल्डरसटमा भव्यताका साथ् सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसँग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरी प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए । कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित करिब तीनसयभन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको र स्थानीय समूदायको तर्फबाट अत्यन्तै सकारात्मक रुपमा नेपाली र नेपालीका क्रियाकलापहरुलाई मन पराई स्वीकार गरिएको कुरा कार्यक्रम उपाध्यक्ष रामधन राइले बताए । स्थानीय समूदाय र नेपाली समूदाय बीचको दुरीलाई निमिट्याण्ट पार्न सफल उक्त कार्यक्रममा आफ्नो संस्कार झल्कने पोशाक सहित बि सी सी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, क्षेत्री समाज यू के, तमुधी यूके, मगर संघ यूके रशमॊर शाखा, किरात सुनुवार सेवा समाज यूके, किरात राई यायोखा, लम्जुंग समाज यूके, पूर्व प्रहरी मंच यूके, थाकाली समाज यूके, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नयाँ युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए । यस कार्यक्रमलाई सफल पार्न कार्यसमिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरू समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उक्त कार्यक्रमको संयोजक रन्जिता मल्ल र सहसंयोजक वीर बलाल रहेका थिए । बिहान ११.०० देखि सुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपासपश्चात अध्यक्ष ओम थापाले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुमा धन्यवाद ज्ञापन गरेका थिए । स्मरण रहोस गतवर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा स्थानीय समस्त नेपाली संघसंस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप मिलेको अपार सफलताबाट उत्साहित भई हरेक दूइ वर्षमा आयोजना गरिने कार्यक्रम प्रत्येक वर्ष गर्ने निर्णय स्थानीय काउन्सिल, नेपाली एवं स्थानीय समूदायको संयुक्त पहलमा गर्ने गरी यो वर्षदेखि भिक्टोरिया डे हरेक वर्ष मनाउने गरी सुरु गरिएको छ। फोटो-शीतल-पाटी

जीव बेलबासे
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

एनआरएनए यूकेको अध्यक्ष्यमा योग कुमार फगामी विजयी

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन । सेप्टेम्बर ९ तारिख शनिवारका दिन ...