Monday , June 26 2017
Home > Blog > दूतावास र तमुधिंबीचको दुविधाको अन्त गर्दै प्रेस विज्ञप्ति – अडियो सहित

दूतावास र तमुधिंबीचको दुविधाको अन्त गर्दै प्रेस विज्ञप्ति – अडियो सहित

लन्डन, गत मे २८ तारिखका दिन सम्पन्न गोर्खा कपको अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई निमन्त्रणा गरिए पनि प्रमुख अतिथिको भूमिका नदिएर राजदूत एवं दूतावासको अपमान गरिएको भन्दै दूतावासद्वारा आयोजित एक कार्यक्रममा राजदूत सुवेदीली आक्रोश व्यक्त गरेका थिए । गोर्खा कपमा आफूलाई वडा अध्यक्ष्यभन्दा तल राखिएको र प्रोटोकल विपरित कार्य गरेको भन्ने राजदूत सुवेदीको धारणा थियो । उक्त विषय विभिन्न मिडिया लगायत सामाजिक संजालमा निकै चर्चाको विषय बन्न पुगेको थियो । सोही विषयमा भएको दुविधालाई निराकरण गर्ने उद्देश्यले गत बुधवार सांझा दूतावासमा एक भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । दुतावासका कर्मचारी तथा तमुधिं यूकेका प्रतिनिधि सहितको सो भेटघाटले उक्त दुविधाको अन्त्य गर्दै भविष्यमा मिलेर सहकार्य गर्दै अघि बढने निर्णय गरेको थियो । छलफलमा राजदूत डा. सुवेदीले बेलायतस्थित सबै संघसंस्थासँग मिलेर काम गर्न आफू इच्छुक रहेको धारणा व्यक्त गरेका थिए । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावास र तमुधिंबीच ‘मिस कम्युनिकेशन’ हुदा ‘कम्फ्युजन’ सिर्जना भएको भन्दै आगामी दिनमा दूतावास र तमुधिंबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै गरी आगामी अगष्टमा तमुधिं यूकेद्वारा आयोजना हुने नेपाली मेलाको प्रमुख अतिथि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी हुने जनाकारी तमुधिं यूकेका पदाधिकारीहरुले दिएका थिए । छलफलमा दुवै पक्ष्यबाट भएका कमिकमजोरीलाई एकआपसमा स्वीकार्दै भविष्यमा यस्तो घटना दोहोरीन नदिने सहमति भएको थियो । सो छलफलमा तमुधिं यूकेका उपाध्यक्ष नन्दजंग गुरुङ, हितकाजी गुरुङ, महासचिव कृष्ण गुरुङ, खेलकुद सचिव पिताम्बर गुरुङ, एनआरएन यूकेका पूर्वअध्यक्षद्वय डमर घले, सूर्य गुरुङ, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङलगायतको उपस्थिति थियो ।

नेपाली दूतावास लन्डनद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण अंश सुन्नुहोला ।

तमुधिं यूकेद्वारा जारि प्रेस विज्ञप्तिको पूर्ण अंश सुन्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतको रेडिंगमा २०४औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न

लन्डन, बेलायतको रेडिंगमा २०४ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ । GRNCAका अध्यक्ष्य ...